यात्रुले भरियो त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल, घण्टौँ लाइनमा बस्दा पनि पालो पाउनै मुस्किल (तस्विरहरु) 

काठमाडौँ । अविरल झरीले प्रभावित भएको आन्तरिक उडान पुनः सुचारु भएपछि एयरपोर्टमा यात्रुको थेगिनसक्नु भीड लागेको छ ।  लगातारको झरीका कारण मौसममा आएको खराबीपछि तीन दिनसम्म रोकिएको आन्तरिक उडान सुचारु भएपछि काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीड लागेको हो ।  अन्य दिनहरुमा यात्रुहरुको ठिकठाक उपस्थिति हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा अहिले भने पार्किङ […]

Sep 30, 2024 - 04:17
 0
यात्रुले भरियो त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल, घण्टौँ लाइनमा बस्दा पनि पालो पाउनै मुस्किल (तस्विरहरु) 

काठमाडौँ । अविरल झरीले प्रभावित भएको आन्तरिक उडान पुनः सुचारु भएपछि एयरपोर्टमा यात्रुको थेगिनसक्नु भीड लागेको छ । 

लगातारको झरीका कारण मौसममा आएको खराबीपछि तीन दिनसम्म रोकिएको आन्तरिक उडान सुचारु भएपछि काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीड लागेको हो । 

अन्य दिनहरुमा यात्रुहरुको ठिकठाक उपस्थिति हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा अहिले भने पार्किङ एरियादेखि नै लाइन छ । यात्रुहरुको अत्याधिक चापका कारण विमानस्थलमा चेकिङ तथा सुरक्षा जाँचमा कठिनाइ भएको विमानस्थलले जनाएको छ । 

यता आइतबार मात्रै आन्तरिकतर्फका १ सय ५६ वटा उडान र सोही संख्यामा अवतरण गरेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताएका छन् । शेर्पाका अनुसार ३ दिनसम्म कुनै पनि उडान नहुँदा यात्रुको चाप बढेको हो । सोमबार पनि बिहानैदेखि विमानस्थलमा यात्रुहरुको भीड लागेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register