शनिबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला हुने

झापा, ८ असोज । दशैंमा काठमाडौँबाट घर जानका लागि यही शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच आज भएको छलफलपछि यही असोज १२ गते शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला गरिने निर्णय भएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो । यस्तै यात्रुवाहक [...] The post शनिबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला हुने appeared first on Jhapa Online.

Sep 24, 2024 - 15:06
 0
शनिबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला हुने

झापा, ८ असोज । दशैंमा काठमाडौँबाट घर जानका लागि यही शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ ।

यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच आज भएको छलफलपछि यही असोज १२ गते शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला गरिने निर्णय भएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो । यस्तै यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गर्ने तर, कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहने निर्णय भएको छ ।

त्यस्तै घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्ने सहमति भएको वरिष्ठ उपाध्यक्ष सिटौलाले जानकारी दिनुभयो ।

The post शनिबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला हुने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register