विपत्तिपछि बाढीले बगाएका घर र रहर खोज्दै नागरिक… (तस्विरहरु)

काठमाडौँ । गत बिहीबारदेखिको अविरल वर्षाले निम्त्याएको बाढी र डुबानले देशभर वितण्डा मच्चायो । लगातार तीन दिनदेखिको वर्षापछि देश नै डुबान, बाढी र पहिरोले क्षतविक्षत छ ।  विगतको तुलनामा यसवर्ष अत्याधिक वर्षा हुँदा विपद्जन्य घटनाहरुमा वृद्धि भइरहेका छन् । धेरै मानवीय र भौतिक क्षति पनि नेपालले ब्यहोरिरहेको छ ।  काठमाडौँ उपत्यकामा पनि भारी वर्षापछि बाढी […]

Sep 30, 2024 - 04:57
 0
विपत्तिपछि बाढीले बगाएका घर र रहर खोज्दै नागरिक… (तस्विरहरु)

काठमाडौँ । गत बिहीबारदेखिको अविरल वर्षाले निम्त्याएको बाढी र डुबानले देशभर वितण्डा मच्चायो । लगातार तीन दिनदेखिको वर्षापछि देश नै डुबान, बाढी र पहिरोले क्षतविक्षत छ । 

विगतको तुलनामा यसवर्ष अत्याधिक वर्षा हुँदा विपद्जन्य घटनाहरुमा वृद्धि भइरहेका छन् । धेरै मानवीय र भौतिक क्षति पनि नेपालले ब्यहोरिरहेको छ । 

काठमाडौँ उपत्यकामा पनि भारी वर्षापछि बाढी र डुबानले धेरैको ज्यान लियो । बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आउँदा नागरिकहरुलाई बगायो । धेरैको उद्धार भएपनि केही मानिसहरुको ज्यान गएको छ । 

नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालयमा बाढी पसेर जनजीवन अस्तव्यस्त बनेको छ । झरी रोकिएपछि र उर्लिएका खोला केही शान्त भएपछि अहिले नागरिहरु पुनः पुरानै दैनिकीमा फर्कने कोसिस गर्दैछन् । अहिले बाढी प्रभावित क्षेत्रमा नागरिहरु कोही भत्किएका घर बनाउन तरखर गर्दैछन् भने कोही सारा सम्पत्तिसहित बाढीले बगाएका रहरहरु सम्झिएर विक्षिप्‍त बनेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register