कोशी सरकार : बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई एक लाख

झापा, १४ असोज । वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरूको परिवारलाई कोशी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पहलमा आइतबार बसेको प्रदेश विपद् कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश सरकारले पूर्ण क्षति भएका घरहरूको [...] The post कोशी सरकार : बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई एक लाख appeared first on Jhapa Online.

Sep 30, 2024 - 01:22
 0
कोशी सरकार : बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई एक लाख

झापा, १४ असोज । वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरूको परिवारलाई कोशी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पहलमा आइतबार बसेको प्रदेश विपद् कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश सरकारले पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार, आंशिक क्षति भएका घरहरूको लागि ३० हजार र सामान्य क्षति भएका घरहरूका लागि १५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश विपद् कार्यकारी समितिका संयोजक एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लभ अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन कार्यालयको सिफारिस बमोजिम राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

तीन दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ भने ७ जना अझै बेपत्ता छन् । पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा २ र इलाममा १ जना जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर पाँचथरमा ५, मोरङमा १ र झापामा १ बेपत्ता छन् । यस्तै बाढी पहिरोबाट ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ भने ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

The post कोशी सरकार : बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई एक लाख appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register