जनकपुर उपमहानगरका वडा अध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर

काठमाडौँ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाको वडा नम्बर २४ का वडा अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहु तेलीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।  अख्तियारले सहनी र तेलीले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग ४ लाख ५० हजार घुस रकम लिएको अवस्थामा पक्राउ गरेको थियो । अख्तियारले सहनी […]

Sep 30, 2024 - 13:03
 0
जनकपुर उपमहानगरका वडा अध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर

काठमाडौँ ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाको वडा नम्बर २४ का वडा अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहु तेलीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ । 

अख्तियारले सहनी र तेलीले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग ४ लाख ५० हजार घुस रकम लिएको अवस्थामा पक्राउ गरेको थियो ।

अख्तियारले सहनी र तेलीसहित विजय मण्डलले घुस रकम लिएको प्रमाणित भएकोले मुख्य आरोपी बनाउदै विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जानकारी दिएको छ । 
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register