रोटरी क्लब अफ बिर्तामोडद्वारा दुई जना छात्रालाई छात्रवृत्ति

बिर्तामोड, १४ असोज । रोटरी क्लब अफ बिर्तामोडले चाइल्ड एजुकेशन स्कलरसीप प्रोग्रामअन्तर्गत दुईजना छात्रालाई एक वर्षका लागि छात्रवृति रकम प्रदान गरेको छ । बिर्तामोड–३ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा सोमवार कार्यक्रम आयोजना गरी रोटरी क्लब अफ बिर्तामोडले महेन्द्ररत्न माविमा अध्ययनरत पुष्पा राजवंशी र बुद्ध आदर्श मावि बुद्धशान्तिमा अध्ययनरत अनिता बास्कोटालाई एक वर्षको छात्रवृत्ति रकम प्रदान गरेको [...] The post रोटरी क्लब अफ बिर्तामोडद्वारा दुई जना छात्रालाई छात्रवृत्ति appeared first on Jhapa Online.

Sep 30, 2024 - 13:58
 0
रोटरी क्लब अफ बिर्तामोडद्वारा दुई जना छात्रालाई छात्रवृत्ति

बिर्तामोड, १४ असोज । रोटरी क्लब अफ बिर्तामोडले चाइल्ड एजुकेशन स्कलरसीप प्रोग्रामअन्तर्गत दुईजना छात्रालाई एक वर्षका लागि छात्रवृति रकम प्रदान गरेको छ ।

बिर्तामोड–३ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा सोमवार कार्यक्रम आयोजना गरी रोटरी क्लब अफ बिर्तामोडले महेन्द्ररत्न माविमा अध्ययनरत पुष्पा राजवंशी र बुद्ध आदर्श मावि बुद्धशान्तिमा अध्ययनरत अनिता बास्कोटालाई एक वर्षको छात्रवृत्ति रकम प्रदान गरेको हो ।

कक्षा ११ मा साइन्स विषय अध्ययन गर्ने पुष्पालाई २३ हजार ४०० र कमर्स विषय अध्ययन गर्ने अनितालाई १३ हजार ८०० रुपैयाँ प्रदान गरिएको रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल भद्रपुरेले बताए । रोटरी क्लब अझ बिर्तामोडको १० लाख रुपैयाँको अक्षय कोषबाट जेहेन्दार विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरिएको उनले जानकारी दिए ।

सोही कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोडका चाइल्ड एजुकेशन कमिटी चियर तथा कंचनजंघा अंग्रेजी स्कुलका संस्थापक गुरुभक्त न्यौपानेले अक्षय कोषका लागि महेन्द्ररत्न माविलाई २ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । आफ्ना बुवा नन्दलाल न्यौपाने र आमा चन्द्रमाया न्यौपानेको सम्मानमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि सो रकम उपलव्ध गराएको न्यौपानेले बताए । उनले महेन्द्ररत्न माविमा कक्षा ६ देखि अध्ययन गरी कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएर एसईई दिने विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरिने जानकारी दिए ।

रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल भद्रपुरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका तर्फबाट सर्भिस प्रोजेक्ट डाइरेक्टर सुरेश वंशल , चाइल्ड एजुकेशन कमिटी चियर गुरुभक्त न्यौपाने ,डिष्ट्रिक्ट जोइन्ट सेक्रेटरी निकिता गिरीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महेन्द्ररत्न माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंक सेढाई , प्रधानाध्यापक खड्गप्रसाद खरेल , बुद्ध आदर्श माविका लेखापाल देवेन्द्र निरौलाले पनि मन्तव्य राख्दै रोटरीलाई धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन रोटरी क्लब अफ बिर्तामोडका सेक्रेटरी डा. सन्ध्या राठीले गरेकी थिइन् ।

The post रोटरी क्लब अफ बिर्तामोडद्वारा दुई जना छात्रालाई छात्रवृत्ति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register