सञ्चालनमा नआइ भत्कन थाल्यो हुलाकी सडक

द्रोण अधिकारीभद्रपुर, १४ असोज । वैकल्पिक राष्ट्रिय सडकका रूपमा निर्माण भइरहेको हुलाकी सडक निमार्ण पूरा नहुँदै भत्कन थालेपछि संरक्षणको जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाको कामको गुणस्तरप्रति प्रश्न उठेको छ । पूर्व—पश्चिम तराइको दक्षिणी क्षेत्रको विकासको आधारका रूपमा हेरिएको मध्य तराइ लोक मार्ग हुलाकी सडकको निर्माणधीन काम गुणस्तरहीन रहेका कारण निर्माण पूरा नहुँदै भत्कन थालेको हो [...] The post सञ्चालनमा नआइ भत्कन थाल्यो हुलाकी सडक appeared first on Jhapa Online.

Sep 30, 2024 - 13:54
 0
सञ्चालनमा नआइ भत्कन थाल्यो हुलाकी सडक

द्रोण अधिकारी
भद्रपुर, १४ असोज ।
वैकल्पिक राष्ट्रिय सडकका रूपमा निर्माण भइरहेको हुलाकी सडक निमार्ण पूरा नहुँदै भत्कन थालेपछि संरक्षणको जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाको कामको गुणस्तरप्रति प्रश्न उठेको छ ।

पूर्व—पश्चिम तराइको दक्षिणी क्षेत्रको विकासको आधारका रूपमा हेरिएको मध्य तराइ लोक मार्ग हुलाकी सडकको निर्माणधीन काम गुणस्तरहीन रहेका कारण निर्माण पूरा नहुँदै भत्कन थालेको हो । सडक निर्माणको समयमा प्राविधिक कर्मचारीको निगरानी कमजोर हुँदा हुलाकी सडको पूर्वी खण्ड अन्र्तगत भद्रपुरको झापा चौक—राजगढ सडकमा निर्माण ढेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरेकै कारण कालोपत्रे निर्माण अवधिमै भत्कदा गुणस्तरहीन देखिएको छ ।

सडक निर्माणको ३ वर्षकै अवधिमा २० किलोमिटर सडक पार गर्दा दर्जनौं खाल्डाले गुणस्तरीय काममाथि व्यंग्य गरिरहेको भेटिन्छ । हुलाकी सडकको पूर्वी ट्रयाक झापा खण्डको झण्डै ४२ किलो मिटर सडक लगभग कालोपत्रे सम्पन्न गरिएको भनिए पनि दर्जनौ ठाउँमा हिड्न असहज हुने खाल्डा परिसकेको अवस्था छ । नियामकको कमजोरीको फाइदा लिँदै निर्माण कम्पनीले कामका लागि काम भन्ने शैलीमा सडक बनाएको कारण सडक निर्माण भएको ३ वर्ष नपुग्दै दुर्घटनाको जोखिम बढाउने खाल्डा देखिन थालेको स्थानीय बताउँछन्् ।

यसैगरी सोही सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको निर्माण कार्यको गुणस्तरमाथि पनि प्रश्न उठेको छ । सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनीले गरिसकेको कामको गुणस्तर अनुगमन गर्ने जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाका प्राविधिक निर्माण स्थलमा अनुगमनमा नपुग्दा गुणस्तरमाथि प्रश्न उठेको हो । मेची राजमार्गको केचना भद्रपुर सडक खण्डमा खाल्डा देखिन थालिसकेका छन् भने चर्किएको भत्किएको सडक मर्मत समेत नगर्दा केचना—चारआली सडक पनि जीर्ण हुन थालेको छ ।

सडक निर्माण गुणस्तर बारे स्थानीय राजनीतिक दल, सामाजिक अगुवा लगायत सरकारी नियामकको भूमिकामा रहने भए पनि यी निकाय मौन देखिएका छन् । सडक निर्माणको गुणस्तरमा मनोमानी गरेको निर्माण कम्पनीले पुल तथा कल्वट आसपास बााकी राखेको काम नगर्दा सडकको अवस्था जीर्ण देखिन थालेको छ । त्यस्तै निर्माण सम्पन्न कालोपत्रेको काम पनि सम्झौता अनुसारको नहुँदा भत्कने, चर्कने समस्या आइ सकेको छ । निर्माणकै चरणमा भत्केको सडकपछि मर्मत गरेर निर्माण ठेकेदारले सरकारलाई बुझाउने परिपाटीको कारण काम गुणस्तरहिन भएको स्थानीयहरू बताउने गर्छन् ।

तीन वर्षमा सडक निर्माणको काम पूरा गर्ने गरी आर्थिक वर्ष २०७१÷७२ बाट सुरू भएको यस आयोजनाका लागि पटक पटक म्याद थप गर्दा समेत निर्माण पक्षले नाली बनाउने, कल्वट बनाउने, वेश ग्राभेल भर्ने, ग्राभेलिङ गर्ने, आधार पिच तयार गर्ने र पिच निर्माण गर्ने गरी विभिन्न टुक्रामा काम गर्दै सम्पन्न गरेको अवस्था छैन । सडक निर्माणको गुणस्तर कायम राख्न स्थलगत रूपमा बस्नु पर्ने परियोजनाका प्राविधिक निर्माण स्थलमा कमै जादा कमसल काम भएको थियो । सरकारी प्राविधिक पक्षबाट गुणस्तरमाथि नियमित निगरानी नहुँदा निर्माण पक्षधरका मजदुरकै तजविजमा काम गरिएको सडक भत्कन थालेपछि वर्षादमा खाल्डाका कारण सडक दुर्घटना बढेको गुनासो आउन थालेको छ भने हिउँदमा सडक आसपासका बस्तीमा धुलोको समस्या देखिन थालेको आसपासका बासिन्दाले दुखेसो गर्न थालेका छन् ।

हुलाकी सडक परियोजना अन्र्तगत पूर्व—पश्चिम खण्डको भद्रपुरको झापाचौक—राजगढ क्षेत्रमा निर्माण गरिएको कालोपत्रे फुट्ने तथा भत्कने क्रम सुरू भएपछि घरगाउँमा कालोपत्रे सडक आएकोमा खुसी हुने स्थानीय दुखित बन्न थालेका छन् । सवल सडक निर्माण नभएपछि वर्षादमा पर्ने खाल्डाखुल्डीमा परिने त्रास स्थानीयमा बढेको छ । विगतमा धुले र हिले सडकको पीडा सहेका स्थानीय नयाँ सडक पनि गुणस्तरीय निर्माण नभएपछि बिगतको पीडा अन्त्य नहुने चिन्तामा परेका हुन् । तीन वर्ष अगाडि गरिएको सो क्षेत्रको कालोपत्रे गुणस्तरहिन भएकै कारण भत्कन थाले पनि हुलाकी सडक परियोजनाका प्राविधिकले निर्माण कम्पनीलाई कार्वाहीका लागि कुनै पहल नगरेकोमा स्थानीयको गुनासो आउन थालेको छ । राज्य पक्षको नियामक उदासिन हुँदा सडक निर्माणमा निर्माणमा ठेकेदारको मनोमानी भइरहेको हल्दिवारी ४ जलथलका गजेन्द्र शिवाकोटीको भनाइ छ । उनका अनुसार मिक्स गिटीले पुर्नु पर्ने सडकको सव—वेश ग्राभेलको काम ठेकेदारले माटोले पुरेपछि जग नै कमजोर बन्दा वेश ग्राभल तथा पिच कमजोर बनिएकोले भत्कन थालेको हो । अधिकाम्स सडक निर्माण क्षेत्र शैक्षिक स्तर तथा जनचेतनाबाट पछाडि परेका नागरिकको बसोबास भएकोले गुणस्तरहिन काम गरिएको स्थानीयले दुखेसो पोख्ने गरेका छन् ।

हुलाकी सडकको झापा खण्डमा कालोपत्रे निर्माण लगभग सकिए पनि बिरिङ, माइ र रतुवा खोलामा पुल निर्माण सम्पन्न भइ सञ्चालन हुन नसक्दा यो सडक हुदै मोरङको विराटनगर जान स्थानीयलाई निकै ठूलो सकस परिरहेको छ । महेन्द्र राजमार्गभन्दा आधा कम दुरीमा दक्षिणी झापाका बासिन्दाले मोरङको यात्रा गर्न पाउने हुलाकी सडक सहज रूपमा सञ्चालन नहुँदै भत्कन थालेपछि भने पुल बन्दा सडक भत्केर खण्डहर हुने चिन्ता स्थानीयमा देखिएको छ । सडक बन्दा पुल छैन, पुल हुँदा सडक नहुने हो कि भन्ने आशंका देखिन थालेका खाल्डाले संकेत गर्दा हुलाकी सडक सपनाको सुख बन्ने अवस्था छ ।

The post सञ्चालनमा नआइ भत्कन थाल्यो हुलाकी सडक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register