नदिमा हाम फालेर दुई जनाको ज्यान बचाउने ‘रियल हिरो’ चणिकलाललाई डेढ लाख नगदसहित सम्मान गरिने 

काठमाडौँ । बागमती प्रदेश सरकारले चणिकलाल तामाङलाई डेढ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ । ललितपुरको नख्खु खोलामा बग्दै गरेका दुई जना ज्यान जोगाएको भन्दै बागमती प्रदेश सरकारले चणिकलाललाई सम्मान गर्ने भएको हो ।  तामाङको साहसिक कामले नदीमा बग्दै गरेका दुई जनाको ज्यान जोगिएको भन्दै नगदसहित सम्मान गरिने मुख्यमन्त्री बाहदुरसिंह लामाले जानकारी दिएका छन् […]

Sep 30, 2024 - 13:01
 0
नदिमा हाम फालेर दुई जनाको ज्यान बचाउने ‘रियल हिरो’ चणिकलाललाई डेढ लाख नगदसहित सम्मान गरिने 

काठमाडौँ । बागमती प्रदेश सरकारले चणिकलाल तामाङलाई डेढ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ । ललितपुरको नख्खु खोलामा बग्दै गरेका दुई जना ज्यान जोगाएको भन्दै बागमती प्रदेश सरकारले चणिकलाललाई सम्मान गर्ने भएको हो । 

तामाङको साहसिक कामले नदीमा बग्दै गरेका दुई जनाको ज्यान जोगिएको भन्दै नगदसहित सम्मान गरिने मुख्यमन्त्री बाहदुरसिंह लामाले जानकारी दिएका छन् । 

तामाङले शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी ६ वर्षीया छोरी मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्धार गरेका थिए । हाल चणिकलालको देशभर ‘रियर हिरो’का रुपमा प्रशंसा भइरहेको छ । 

उनी काभ्रेको तेमाल गाउँपालिका-१ चोकटारका हुन् । उनले आफूसँग पौडी खेल्नसक्ने कला भएको र नदीमा बगिरहेका दुईजनालाई देखेर बचाउँछु भनेरै हाम फालेर उद्धार गरेको प्रतिक्रिया दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register