दाउन्नेमा सडक भाँसियो, सडक पूर्णरुपमा अवरुद्ध

परासी । पूर्व-पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भाँसिएको छ ।  बर्दघाट नगरपालिका-४, खुसार्नी खोलामा वर्षाको कारण हाइटेन्सन लाइनको पोल ढलेको र सडक किनारको केही भाग भाँसिएको प्रहरीले जानकारी दिएको छ । सडक भासिएको र पोल ढलेको कारण यातायात पूर्णरुपमा अवरुद्ध भएको छ । यातायात अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र परेका छन् । सडक डिभिजन […]

Sep 30, 2024 - 15:27
 0
दाउन्नेमा सडक भाँसियो, सडक पूर्णरुपमा अवरुद्ध

परासी ।

पूर्व-पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भाँसिएको छ । 

बर्दघाट नगरपालिका-४, खुसार्नी खोलामा वर्षाको कारण हाइटेन्सन लाइनको पोल ढलेको र सडक किनारको केही भाग भाँसिएको प्रहरीले जानकारी दिएको छ ।

सडक भासिएको र पोल ढलेको कारण यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।

यातायात अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय र विद्युत कार्यालय नवलपरासीसँग समन्वय गरेर अवरोध हटाउने काम भइरहेको जनाएको छ । 


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register