मधेशका अर्थमन्त्री जितेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

रौतहट । मधेश प्रदेशका  अर्थ मन्त्री सुनिल कुमार यादव ( जितेन्द्र) ले सोमवार गृह जिल्ला रौतहट स्थित बिभिन्न स्थानको बाढी  प्रभावित क्षेत्रको अनुगमन निरीक्षण गरेका छन् । अर्थमन्त्री जितेन्द्रले अबिरल बर्षा र लालबकैया नदीमा आएको बाढीले अति प्रभावित स्थानिय कटहरीया नगरपालिकाको वडा १ र ४ तथा गृह नगर फतुवा बिजयपुर नगरपालिकाको विभिन्न स्थानको स्थलगत निरीक्षण […]

Sep 30, 2024 - 16:04
 0
मधेशका अर्थमन्त्री जितेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

रौतहट ।

मधेश प्रदेशका  अर्थ मन्त्री सुनिल कुमार यादव ( जितेन्द्र) ले सोमवार गृह जिल्ला रौतहट स्थित बिभिन्न स्थानको बाढी  प्रभावित क्षेत्रको अनुगमन निरीक्षण गरेका छन् ।

अर्थमन्त्री जितेन्द्रले अबिरल बर्षा र लालबकैया नदीमा आएको बाढीले अति प्रभावित स्थानिय कटहरीया नगरपालिकाको वडा १ र ४ तथा गृह नगर फतुवा बिजयपुर नगरपालिकाको विभिन्न स्थानको स्थलगत निरीक्षण गरेका हुन् ।

बाढीको कारण क्षतिग्रस्त नदीको तटबन्ध र क्षतिग्रस्त बालीनालीको निरीक्षण गरेको अनुगमन टोलीमा सहभागी नेपाली कांग्रेस क्षेत्र ३ का सभापति सर्फलाल गुप्ताले बताएका छन् ।

अनुगमनपछि स्थानीयसँग कुराकानी गर्दै मन्त्री यादवले अबिरल वर्षासँगै आएको बाढीले फुटेको तटबन्ध अविलम्ब मर्मत गराउन र पीडित किसानहरूलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने बताएका थिए ।

अनुगमन टोलीमा मन्त्री जितेन्द्र, क्षेत्रिय सभापति गुप्ता,कांग्रेस नेताहरु शम्भु कान्त यादव, बाल्मीकी यादव लगायतको सहभागिता रहेको थियो। गत बिहिबार देखि परेको अबिरल वर्षासँगै सनिवार लालबकैया नदीमा आएको बाढीले कटहरिया ४ हर्साहा गाँउ र झौवा गाउँ बीच झण्डै ५० मीटर नदीको तटबन्ध कटान, हर्साहा गाउँ छेउको बाँधमा क्षती हुनुका साथै सो क्षेत्रको सैयौ विगाहा धानबाली र उँखु बालीमा क्षति पुगेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register