बेलायतमा घरको मूल्य दुईवर्ष यताकै उच्च

लन्डन- बेलायतमा घरको मूल्यले दुईवर्ष यताकै कीर्तिमानी कायम गरेको छ । गत वर्षको तुलनामा यो वर्ष सेप्टेम्बरसम्म घरको मूल्य ३.२ प्रतिशतले वृद्धि भएको बेलायतको सबैभन्दा ठूलो बिल्डिङ सोसाइटी नेशनवाइडले जनाएको छ । राष्ट्रिय तथ्यांक अनुसार यो वृद्धि दर २०२२ पछिकै सबैभन्दा बढी हो । आम्दानीमा भएको वृद्धि, डिपोजिट रकममा सहजीकरण र मोर्गेज प्रदान गर्ने बैंक […]

Sep 30, 2024 - 15:27
 0
बेलायतमा घरको मूल्य दुईवर्ष यताकै उच्च


लन्डन- बेलायतमा घरको मूल्यले दुईवर्ष यताकै कीर्तिमानी कायम गरेको छ । गत वर्षको तुलनामा यो वर्ष सेप्टेम्बरसम्म घरको मूल्य ३.२ प्रतिशतले वृद्धि भएको बेलायतको सबैभन्दा ठूलो बिल्डिङ सोसाइटी नेशनवाइडले जनाएको छ ।

राष्ट्रिय तथ्यांक अनुसार यो वृद्धि दर २०२२ पछिकै सबैभन्दा बढी हो । आम्दानीमा भएको वृद्धि, डिपोजिट रकममा सहजीकरण र मोर्गेज प्रदान गर्ने बैंक तथा बिल्डिङ सोसाइटीले उपलब्ध गराएका सेवा सुविधाका कारण घरको मूल्य वृद्धि भएको जनाइएको छ ।

बेलायतमा हाल घरको औसत मूल्य २ लाख ६६ हजार ९४ पाउण्ड रहेको नेशनवाइडले जनाएको छ । मोर्गेज प्रादायक बैंक तथा बिल्डिङ सोसाइटीबीच भएको प्रतिष्पर्धाका कारण पनि घरको मूल्यमा वृद्धि भएको हो ।

नेशन वाइडले केही दिन अघि मात्र आम्दानीको ६ गुणा मोर्गेज उपलब्ध गराउने घोषणा गरेको छ । जुन नियम पहिलोपल्ट घर खरिद गर्ने र कम्तिमा ५ प्रतिशत डिपोजिट रकम जम्मा गर्नेहरुमा लागू हुनेछ । जसको लागि मोर्गेज अवधि पनि ५ देखि १० वर्ष अवधिको हुनुपर्नेछ ।

आम्दानीमा भएको वृद्धि र बैंक अफ इंग्ल्याण्डले ब्याजदर घटाउने अपेक्षाका कारण घरको मूल्य वृद्धि भएको नेशनवाइडका प्रमुख अर्थशास्त्री रोबार्ट गार्डनर्ले बताएका छन् ।

पछिल्लो तथ्यांक अनुसार बैंकहरुद्वारा उपलब्ध गराइने मोर्गेज अप्रुभल संख्यामा पनि अत्यधिक वृद्धि भएको छ । गत जुलाई महिनामा ६२ हजार ५०० मोर्गेज अप्रुभ भएका थिए भने अगष्ट महिनामा ६४ हजार ९०० मोर्गेज अप्रुभ भएको बीबीसीले जनाएको छ ।

जुन आंकडा विश्लेषकहरुले अपेक्षा गरेभन्दा पनि उच्च हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register