स्टार माइक्रो इन्स्योरेन्सको प्रत्याभूतिकर्तामा गरिमा क्यापिटल नियुक्त

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार गरिमा क्यापिटले स्टार माइक्रोले निष्काशन गर्न लागेको २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ प्रत्याभूति गर्ने भएको छ । उक्त सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व […]

Oct 9, 2024 - 06:41
 0
स्टार माइक्रो इन्स्योरेन्सको प्रत्याभूतिकर्तामा गरिमा क्यापिटल नियुक्त

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार गरिमा क्यापिटले स्टार माइक्रोले निष्काशन गर्न लागेको २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ प्रत्याभूति गर्ने भएको छ ।

उक्त सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिलाले हस्ताक्षर गरेका हुन् ।

स्टार माइक्रो २०७९ पुष १४ मा दर्ता भइ २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा, निक्षेप सदस्य, डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी तथा धितोपत्र अण्डरराइटिङ सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानुन बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढाउने जानकारी गराएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register