जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-२७ मसानगल्लीस्थित रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२५ भेडासिंह बस्ने महोत्तरी भंगहा नगरपालिका-७ घर भएका ४४ वर्षीय कुशेश्वर साह समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । काभ्रे, पनौती नगरपालिका-११ ख्याकु […]

Oct 27, 2024 - 06:42
 0
जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ

काठमाडौं।

काठमाडौं महानगरपालिका-२७ मसानगल्लीस्थित रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२५ भेडासिंह बस्ने महोत्तरी भंगहा नगरपालिका-७ घर भएका ४४ वर्षीय कुशेश्वर साह समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

काभ्रे, पनौती नगरपालिका-११ ख्याकु बस्ने रमेश थापाको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय शिव आलेमगर समेत २१ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ३ सय १५ रूपैयाँ, १ बुक तास र ३ थान कौडा सहित पक्राउ गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register