इरानका सर्वोच्च नेता खामेनी भन्छन् – इजरायलले गलत कदम चाल्यो

काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अक्टोबर २६ मा इजरायलले गरेको आक्रमणप्रति प्रतिक्रिया व्यक्त दिएका छन् । इजरायलले गलत कदम चालेको खामेनीको भनाइ छ । ‘जियोनिस्ट शासनले दुई रात अघि गलत कदम चाल्यो। हामीले उनीहरूलाई इरानी जनताको शक्ति, दृढ संकल्प र पहलको बारेमा बताउनुपर्छ,’ खामेनीले एक्समा लेखेका छन् । इजरायलले इरानी सैन्य अखडाहरूमा हवाई […]

Oct 27, 2024 - 10:07
 0
इरानका सर्वोच्च नेता खामेनी भन्छन् – इजरायलले गलत कदम चाल्यो

काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अक्टोबर २६ मा इजरायलले गरेको आक्रमणप्रति प्रतिक्रिया व्यक्त दिएका छन् । इजरायलले गलत कदम चालेको खामेनीको भनाइ छ ।

‘जियोनिस्ट शासनले दुई रात अघि गलत कदम चाल्यो। हामीले उनीहरूलाई इरानी जनताको शक्ति, दृढ संकल्प र पहलको बारेमा बताउनुपर्छ,’ खामेनीले एक्समा लेखेका छन् ।

इजरायलले इरानी सैन्य अखडाहरूमा हवाई आक्रमण गरेको थियो । यी आक्रमणमा चार इरानी सैनिकको मृत्यु भएको छ ।

यस महिनाको सुरुमा इरानले इजरायलमा करिब २०० मिसाइल प्रहार गरेको थियो । सोही आक्रमणकाे बदलास्वरुप इजरायलले हमला गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register