थाइल्याण्डले नेदरल्याण्ड्सलाई दियो ११० रनको लक्ष्य

काठमाडौं । महिला टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ११० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा थाइल्याण्डले पूरै २० ओभर खेलेर ५ विकेटको क्षतिमा १०९ रन बनाएको हो । थाइल्याण्डका लागि नत्तकन चन्थम ३६ रनमा अविजित रहिन् । चानिदा सुतीरुआङ्गले ३२ रन तथा नारुएमोल चाइवाईले १५ रनको योगदान गरिन् […]

Feb 6, 2025 - 08:00
 0
थाइल्याण्डले नेदरल्याण्ड्सलाई दियो ११० रनको लक्ष्य

काठमाडौं । महिला टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ११० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा थाइल्याण्डले पूरै २० ओभर खेलेर ५ विकेटको क्षतिमा १०९ रन बनाएको हो ।

थाइल्याण्डका लागि नत्तकन चन्थम ३६ रनमा अविजित रहिन् । चानिदा सुतीरुआङ्गले ३२ रन तथा नारुएमोल चाइवाईले १५ रनको योगदान गरिन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङले ३ विकेट लिइन् भने हेदर सीगर्सले २ विकेट लिइन् ।

टस जितेर थाइल्याण्डले पहिले ब्याटिङ रोजेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register