अमेरिकाले भूटानी शरणार्थीलाई जबरजस्ती निकाला गरेकोमा चिन्ता व्यक्त

काठमाण्डौ, १९ चैत । भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित ग्लोबल अभियान (जीसीआरपीपीबी) ले अमेरिकाबाट १० जना भूटानी शरणार्थीलाई जबरजस्ती देश निकाला गरिएकोमा चिन्ता व्यक्त गरेको छ । सन् १९९० को दशकमा भूटानबाट निष्कासित गरिएका यी व्यक्तिहरूलाई संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) को पुनर्वास कार्यक्रमअन्तर्गत कानूनी रूपमा अमेरिकामा पुनर्वास गरिएको थियो । यसको बाबजुद पनि [...] The post अमेरिकाले भूटानी शरणार्थीलाई जबरजस्ती निकाला गरेकोमा चिन्ता व्यक्त appeared first on Jhapa Online.

Apr 1, 2025 - 11:36
 0
अमेरिकाले भूटानी शरणार्थीलाई जबरजस्ती निकाला गरेकोमा चिन्ता व्यक्त

काठमाण्डौ, १९ चैत । भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित ग्लोबल अभियान (जीसीआरपीपीबी) ले अमेरिकाबाट १० जना भूटानी शरणार्थीलाई जबरजस्ती देश निकाला गरिएकोमा चिन्ता व्यक्त गरेको छ ।

सन् १९९० को दशकमा भूटानबाट निष्कासित गरिएका यी व्यक्तिहरूलाई संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) को पुनर्वास कार्यक्रमअन्तर्गत कानूनी रूपमा अमेरिकामा पुनर्वास गरिएको थियो । यसको बाबजुद पनि उनीहरूलाई जबरजस्ती देश निकाला गरेर भूटान पठाइएको जीसीआरपीपीबीको भनाइ छ ।

उनीहरू गएको मार्च २७ मा भूटानको पारो विमानस्थल आइपुगेका थिए । भूटानले उनीहरूलाई बस्न दिनुको सट्टा भारततर्फ पठाइदिएका थिए । त्यसपछि भारतीय सुरक्षा बलले उनीहरूलाई नेपाल–भारत सीमामा रहेको पानीट्याङ्कीमा स्थानान्तरण गरेको थियो । तीमध्ये तीन जना– रोशन तामाङ, आशिष सुवेदी र सन्तोष दर्जीलाई बेलडाँगीको भुटानी शरणार्थी शिविरबाट नेपाली अधिकारीहरूले पक्राउ गरेका थिए ।

उनीहरू कानूनी कागजातविना नै अवैध रूपमा नेपाल प्रवेश गरेका थिए । अब उनीहरूलाई भारत पठाउन सक्ने सम्भावना छ भने बाँकी सात जनाको ठेगानाबारे थाहा भएको छैन ।

यो घटनाले अन्तर्राष्ट्रिय शरणार्थी सुरक्षा र गैर–रिफाउलमेन्टको सिद्धान्तको स्पष्ट उल्लङ्घनलाई उजागर गरेको भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित ग्लोबल अभियान (जीसीआरपीपीबी) ले बताएको छ । रिफाउलमेन्ट भन्नाले शरणार्थीहरूलाई जोखिमको स्थिति आउने ठाउँमा फर्काउनु हो ।

जीसीआरपीपीबीले भूटानी र भारतीय अधिकारीहरूको कार्यको निन्दासहित यसले नयाँ राज्यविहीनता र मानवीय सङ्कट निम्त्याउने जनाएको छ । साथै तत्काल कदम चाल्न नेपालसहित भारत, भूटान, अमेरिकालाई आग्रह गरेको छ ।

The post अमेरिकाले भूटानी शरणार्थीलाई जबरजस्ती निकाला गरेकोमा चिन्ता व्यक्त appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register