काँकरभिट्टा नाकाबाट ३२ करोड बढीको सिमेन्ट निर्यात

झापा, १० भदौ । झापाको पूर्वी नाका काँकरभिट्टाबाट ३२ करोड रुपैयाँ भन्दा बढीको सिमेन्ट निर्यात भएको छ । काँकरभिट्टा नाकाबाट गत आर्थिक वर्ष २०८०–०८१ मा ३२ करोड ६६ लाख पाँच हजार सात रुपैयाँ मूल्य बराबरको ४९ हजार ९५९ टन सिमेन्ट निर्यात भएको कार्यालयले जनाएको छ । नेपालमा उत्पादित सिमेन्टको गुणस्तर राम्रो भएका कारण भारतमा यसको [...] The post काँकरभिट्टा नाकाबाट ३२ करोड बढीको सिमेन्ट निर्यात appeared first on Jhapa Online.

Aug 26, 2024 - 12:52
 0
काँकरभिट्टा नाकाबाट ३२ करोड बढीको सिमेन्ट निर्यात

झापा, १० भदौ । झापाको पूर्वी नाका काँकरभिट्टाबाट ३२ करोड रुपैयाँ भन्दा बढीको सिमेन्ट निर्यात भएको छ ।

काँकरभिट्टा नाकाबाट गत आर्थिक वर्ष २०८०–०८१ मा ३२ करोड ६६ लाख पाँच हजार सात रुपैयाँ मूल्य बराबरको ४९ हजार ९५९ टन सिमेन्ट निर्यात भएको कार्यालयले जनाएको छ ।

नेपालमा उत्पादित सिमेन्टको गुणस्तर राम्रो भएका कारण भारतमा यसको माग सन्तोषजनक रहेको उद्योगीहरूको भनाइ छ । अहिले नेपालमै कच्चा पदार्थ क्लिंकर पाइने भएकाले निर्यात बढ्दै गएको कार्यालयका सूचना अधिकारी गणपति कँडेलले बताउनुभयो । सरकारले सिमेन्ट निर्यात बढाउन आठ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ ।

The post काँकरभिट्टा नाकाबाट ३२ करोड बढीको सिमेन्ट निर्यात appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register