सहमति कार्यान्वयन नभएपछि सहकारी पीडितले सडक आन्दोलन गर्ने

काठमाडौं । सहकारी पीडितले विगतका सहमति कार्यान्वयन नभएको भन्दै सडक आन्दोलन घोषणा गरेका छन् । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दबाबमूलक सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो । महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औं दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलनको विकल्प नभएको […]

Aug 26, 2024 - 13:15
 0
सहमति कार्यान्वयन नभएपछि सहकारी पीडितले सडक आन्दोलन गर्ने

काठमाडौं । सहकारी पीडितले विगतका सहमति कार्यान्वयन नभएको भन्दै सडक आन्दोलन घोषणा गरेका छन् ।

सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दबाबमूलक सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो ।

महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औं दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलनको विकल्प नभएको बताएको छ ।

महासंघका अध्यक्ष कुशलव केसीले आन्दोलनकै क्रममा चार जना पीडितले ज्यान गुमाइसकेको बताए । तेस्रोपटकको आन्दोलन सुरू गरेको १०१औं दिन पुगेको अवसरमा आगामी भदौ १६ गतेदेखि अर्को आन्दोलन गर्ने उनले बताए ।

सरकारले तत्काल कार्यान्वयन गर्ने भनेर दोस्रोपटक सम्झौता गरेको पनि ५ महिना बितिसकेको छ । अध्यक्ष केसीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग सम्झौता गरेको र अहिले पुनः उनी सोही जिम्मेवारीमा आएको भन्दै तत्काल राजीनामा दिनुपर्ने जिकिर गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register