उपसभामुख इन्दिराविरुद्ध महाभियोगको तयारी, सांसदलाई काठमाडौं नछाड्न एमालेको सर्कुलर

काठमाडौं । सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाभियोग लगाउने तयारी गरेका छन् । कांग्रेसका एक सांसदका अनुसार आजैको संसद् बैठकमा महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ । यसअघि सोमबार साँझ बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिराविरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेका थिए । उपसभामुख इन्दिराले आफ्नो पदीय मर्यादा बिर्सेर अमेरिकी […]

Sep 10, 2024 - 07:31
 0
उपसभामुख इन्दिराविरुद्ध महाभियोगको तयारी, सांसदलाई काठमाडौं नछाड्न एमालेको सर्कुलर

काठमाडौं । सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाभियोग लगाउने तयारी गरेका छन् ।

कांग्रेसका एक सांसदका अनुसार आजैको संसद् बैठकमा महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ ।

यसअघि सोमबार साँझ बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिराविरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेका थिए ।

उपसभामुख इन्दिराले आफ्नो पदीय मर्यादा बिर्सेर अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएको थियो । उक्त पत्रमा आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन आग्रह गरेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register