इजरायलको आक्रमणमा ६ जना राष्ट्रसंघका कर्मचारीसहित १८ जना मारिए

काठमाडौं । इजरायलले गाजाको विद्यालयमा हमला गर्दा संयुक्त राष्ट्रसंघका ६ जना कर्मचारीसहित १८ जना मारिएका छन् । इजरायली सेनाले मध्य गाजामा रहेको संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित अल–जौनी विद्यालयमा बम आक्रमण गरी कम्तीमा १८ जनाको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । अलजजीराले भनेको छ – प्रत्यक्षदर्शीहरूका अनुसार ‘महिलाहरू र बालबालिकाहरू आक्रमणमा चकनाचुर भएका थिए ।’ मृतक मध्ये […]

Sep 12, 2024 - 03:19
 0
इजरायलको आक्रमणमा ६ जना राष्ट्रसंघका कर्मचारीसहित १८ जना मारिए

काठमाडौं । इजरायलले गाजाको विद्यालयमा हमला गर्दा संयुक्त राष्ट्रसंघका ६ जना कर्मचारीसहित १८ जना मारिएका छन् । इजरायली सेनाले मध्य गाजामा रहेको संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित अल–जौनी विद्यालयमा बम आक्रमण गरी कम्तीमा १८ जनाको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

अलजजीराले भनेको छ – प्रत्यक्षदर्शीहरूका अनुसार ‘महिलाहरू र बालबालिकाहरू आक्रमणमा चकनाचुर भएका थिए ।’
मृतक मध्ये ६ जना UNRWA का कर्मचारी थिए, जसमा आश्रयस्थलका व्यवस्थापक पनि थिए । उक्त निकायका अनुसार ११ महिने युद्धमा यो घटनामा सबैभन्दा धेरै कर्मचारीको ज्यान गएको छ ।

हमासले मध्यस्थकर्ताहरूलाई भनेको छ – उसले कुनै पनि पक्षबाट थप नयाँ शर्तहरू बिना अमेरिकाद्वारा प्रस्तावित, संयुक्त राष्ट्रसंघद्वारा समर्थित युद्धविराम प्रस्ताव लागू गर्न तयार छ ।

इजरायलको गाजामा भएको युद्धमा हालसम्म कम्तीमा ४१ हजार ०८४ मानिसहरू मारिएका छन् र ९५ हजार २९ घाइते भएका छन् । इजरायलमा, अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा कम्तीमा १ हजार १३९ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी मानिसलाई बन्धक बनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register