झापामा सशस्त्रले समात्यो पाँच सय बढी पशु चौपाया

झापा, ११ भदौ । झापामा पछिल्लो छ महिनाको अवधिमा पाँच सयभन्दा बढी पशु चौपाया नियन्त्रणमा लिइएको छ । झापाका सीमा क्षेत्रबाट गत फागुन १ गतेदेखि भदौ ५ गतेसम्मको अवधिमा पाँच सय नौ वटा पशु चौपाया नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी सुमन पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी [...] The post झापामा सशस्त्रले समात्यो पाँच सय बढी पशु चौपाया appeared first on Jhapa Online.

Aug 27, 2024 - 05:04
 0
झापामा सशस्त्रले समात्यो पाँच सय बढी पशु चौपाया

झापा, ११ भदौ । झापामा पछिल्लो छ महिनाको अवधिमा पाँच सयभन्दा बढी पशु चौपाया नियन्त्रणमा लिइएको छ ।

झापाका सीमा क्षेत्रबाट गत फागुन १ गतेदेखि भदौ ५ गतेसम्मको अवधिमा पाँच सय नौ वटा पशु चौपाया नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी सुमन पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र मातहतका गुल्म र बिओपीले पाँच सय दुई वटा गाईगोरु र सात वटा राँगाभैँसी नियन्त्रणमा लिइएको छ । “सीमा क्षेत्रमा सक्रियाता बढाएका छौं”, उहाँले भन्नुभयो, “अवैध रुपमा भारत लैजान खोजिएका पशु चौपाया नियन्त्रणमा लिएर भन्सार बुझाइएको छ ।”

सीमा नाकाबाट अवैध रूपमा भारततर्फ लैजान खोजिएका ती पशु चौपाया नियन्त्रणमा लिएर रू २४ लाख चार हजार राजस्व संकलन भएको उहाँले बताउनुभयो । गत फागुन १ गतेदेखि भदौ ५ गतेसम्म मात्र गाईगोरुबाट रू २२ लाख ३५ हजार र राँगाभैँसीबाट रू एक लाख ६५ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको हो ।

जिल्लाका विभिन्न सीमा नाकाबाट चोरी–तस्करी बढ्न थालेपछि सक्रियता बढाएको र सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि २४ घण्टा सशस्त्र प्रहरी परिचालन गरिएको डिएसपी पोखरेलले बताउनुभयो ।

The post झापामा सशस्त्रले समात्यो पाँच सय बढी पशु चौपाया appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register