बाइडेन प्रशासनले कोभिडसम्बन्धी पोस्ट हटाउन दबाब दियो – जुकरबर्ग

काठमाडौं । मेटाका मालिक मार्क जुकरबर्गले बाइडेन प्रशासनले आफूलाई कोभिडसँग सम्बन्धित पोस्टहरू हटाउन दबाब दिएको बताएका छन् । जुकरबर्गले अमेरिकी सदनको न्यायिक समितिलाई लेखेको पत्रमा यस्तो उल्लेख छ । मेटा मूल कम्पनी हो र फेसबुक, व्हाट्सएप र इन्स्टाग्राम सहायक कम्पनी हुन् । जुकरबर्गले भने, ‘सन् २०२१ मा महिनौंसम्म व्हाइट हाउसका वरिष्ठ अधिकारीहरूले हामीलाई कोभिड-१९ सम्बन्धित सामग्री […]

Aug 27, 2024 - 07:27
 0
बाइडेन प्रशासनले कोभिडसम्बन्धी पोस्ट हटाउन दबाब दियो – जुकरबर्ग

काठमाडौं । मेटाका मालिक मार्क जुकरबर्गले बाइडेन प्रशासनले आफूलाई कोभिडसँग सम्बन्धित पोस्टहरू हटाउन दबाब दिएको बताएका छन् ।

जुकरबर्गले अमेरिकी सदनको न्यायिक समितिलाई लेखेको पत्रमा यस्तो उल्लेख छ । मेटा मूल कम्पनी हो र फेसबुक, व्हाट्सएप र इन्स्टाग्राम सहायक कम्पनी हुन् ।

जुकरबर्गले भने, ‘सन् २०२१ मा महिनौंसम्म व्हाइट हाउसका वरिष्ठ अधिकारीहरूले हामीलाई कोभिड-१९ सम्बन्धित सामग्री सेन्सर गर्न बारम्बार दबाब दिए । यसमा व्यंग्यसँग सम्बन्धित सामग्री पनि समावेश थियो । जब हामी यसमा सहमत भएनौं, हाम्रो टीमहरूप्रति निराशा व्यक्त गरियो।’

उनले सामग्री हटाउने वा नहटाउने हाम्रो निर्णय भएको बताए ।

मार्क जुकरबर्गले पत्रमा भनेका छन्, ‘सरकारले सिर्जना गरेको दबाब गलत थियो भन्ने मलाई विश्वास छ र हामी यस विषयमा बढी मुखर नभएकोमा दुख लागेको छ। मलाई लाग्छ कि हामीले कुनै पनि प्रशासनको दबाबमा आएर हाम्रा सामग्रीको मापदण्ड परिवर्तन गर्नु हुँदैन।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register