यी हुन् एकीकृत समाजवादीका निर्वाचित १७ पदाधिकारी (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आन्तरिक निर्वाचनमार्फत १७ पदाधिकारी चुनेको छ । एकीकृत समाजवादीले उपाध्यक्ष, उपमहासचिव र सचिव निर्वाचनमार्फत टुङ्गो लगाएको हो । जसअनुसार महिला उपाध्यक्षमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् । उनले रामकुमारी झाँक्रीलाई पराजित गरेको थिइन् । यस्तै मधेसी क्लस्टरबाट धर्मनाथ प्रसाद साह उपमहासचिव निर्वाचित भएकी छन् भने खुलातर्फ डा. गंगालाल तुलाधर, […]

Aug 28, 2024 - 03:43
 0
यी हुन् एकीकृत समाजवादीका निर्वाचित १७ पदाधिकारी (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आन्तरिक निर्वाचनमार्फत १७ पदाधिकारी चुनेको छ ।

एकीकृत समाजवादीले उपाध्यक्ष, उपमहासचिव र सचिव निर्वाचनमार्फत टुङ्गो लगाएको हो ।

जसअनुसार महिला उपाध्यक्षमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् । उनले रामकुमारी झाँक्रीलाई पराजित गरेको थिइन् ।

यस्तै मधेसी क्लस्टरबाट धर्मनाथ प्रसाद साह उपमहासचिव निर्वाचित भएकी छन् भने खुलातर्फ डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।

यसैगरी उपमहासचिव पदमा रामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

सचिवमा गणेश बहादुर विश्वकर्मा, बलदेव चौधरी, श्रीनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय र सावित्राकुमारी भुसाल विजयी भएका छन् ।

यसअघि वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत रूपमा राजेन्द्र पाण्डे निर्वाचित भइसकेका छन् । यसअघि दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल निर्वाचित भएका छन् ।

यससँगै एकीकृत समाजवादीको २१ सदस्यीय पदाधिकारी  टुङ्गिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register