रास्वपामा एक जना महिला उपसभापति अनिवार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा एक जना महिला उपसभापति अनिवार्य गर्ने प्रावधानमा सहमति  जुटेको छ । सोमबार अपराह्नबाट सुरू भएको केन्द्रीय समितिको बैठकले उपसभापति तीन जना रहने र एक जना महिला अनिवार्य रहने गरी विधान संशोधन गर्न केन्द्रीय समितिमा सहमति जुटेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । अरु पदमा पनि महिलाको सहभागितालाई […]

Sep 16, 2024 - 17:08
 0
रास्वपामा एक जना महिला उपसभापति अनिवार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा एक जना महिला उपसभापति अनिवार्य गर्ने प्रावधानमा सहमति  जुटेको छ ।

सोमबार अपराह्नबाट सुरू भएको केन्द्रीय समितिको बैठकले उपसभापति तीन जना रहने र एक जना महिला अनिवार्य रहने गरी विधान संशोधन गर्न केन्द्रीय समितिमा सहमति जुटेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

अरु पदमा पनि महिलाको सहभागितालाई सुनिश्चित गरिएको उनले बताए । दुई जना सहमहामन्त्री, सहप्रवक्ता दुई जना राख्दा एक महिला निर्वाचिन गर्ने प्रावधान राख्न सहमति जुटेको छ। रास्वपामा हाल स्वर्णिम वाग्ले र डोलप्रसाद (डिपी) अर्याल उपसभापति छन्।

उनका अनुसार  केन्द्रीय समितिसहित सम्पूर्ण पदाधिकारी महाधिवेशनको हलबाट निर्वाचित गर्ने समझदारी पनि भएको छ ।  १०१ जना सदस्य महाधिवेशन हलबाट निर्वाचित हुनेछन्। बाँकी २० जना केन्द्रीय समितिले मनोनीत गर्नेछ।

रास्वपाको पहिलो राष्ट्रिय भेला मंगलबारबाट काठमाडौंको प्रज्ञा भवनमा सुरु हुँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register