साफ यू–२० : बंगलादेशसँग पराजित भएसँगै नेपाल उपविजेता

काठमाडौं । साफ यू–२० फुटबलको फाइनल खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ४–१ को फराकिलो गोलअन्तरले पराजित भएको हो । यससँगै बंगलादेशले साफ यू–२० को उपाधि जितेको छ भने नेपाल उपविजेता बनेको छ । बंगलादेशका लागि मिराजुल, गोयार्यी, रब्बी र पियाशले गोल गरे । नेपालका […]

Aug 28, 2024 - 11:47
 0
साफ यू–२० : बंगलादेशसँग पराजित भएसँगै नेपाल उपविजेता

काठमाडौं । साफ यू–२० फुटबलको फाइनल खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ४–१ को फराकिलो गोलअन्तरले पराजित भएको हो । यससँगै बंगलादेशले साफ यू–२० को उपाधि जितेको छ भने नेपाल उपविजेता बनेको छ ।

बंगलादेशका लागि मिराजुल, गोयार्यी, रब्बी र पियाशले गोल गरे । नेपालका लागि भने समिर तामाङले गोल गरे ।

पहिलो हाफको इन्ज्यूरी समयमा मिराजुलले गोल गरे । ५४औं मिनेटमा गोयार्यीले बंगलादेशका लागि गोल गरे । ७०औं मिनेटमा रब्बीले गोल गरे । इन्ज्यूरी समयमा पियासले बंगलादेशका लागि गोल गरे ।

नेपालका लागि खेलको ७९औं मिनेटमा समिरले गोल फर्काए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register