महानिर्देशक अधिकारी भन्छन् – पाइलटमा गोर्खाली बहादुरी धेरै हुँदा दुर्घटना बढ्यो

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पाइलटकै कारण हवाई दुर्घटना बढेको बताएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघले आयोजना गरेको हवाई सुरक्षा सम्बन्धि कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन् । उनले भने, ‘जहाजमा गम्भीर समस्या भएर हवाई दुर्घटना भएको भए छलफल गर्नुपर्छ । तर, सबै पाइलटहरु बहादुर भएकाले दुर्घटना बढेको हो ।’ […]

Aug 29, 2024 - 09:43
 0
महानिर्देशक अधिकारी भन्छन् – पाइलटमा गोर्खाली बहादुरी धेरै हुँदा दुर्घटना बढ्यो

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पाइलटकै कारण हवाई दुर्घटना बढेको बताएका छन् ।

बिहीबार वायुसेवा सञ्चालक संघले आयोजना गरेको हवाई सुरक्षा सम्बन्धि कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन् ।

उनले भने, ‘जहाजमा गम्भीर समस्या भएर हवाई दुर्घटना भएको भए छलफल गर्नुपर्छ । तर, सबै पाइलटहरु बहादुर भएकाले दुर्घटना बढेको हो ।’

उनले यसअघि भने, ‘नेपालमा भएका धेरै हवाई दुर्घटनाहरू बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोक्किने र जंगलमा ठोक्किने गरेका छन्, नेपालको नागरिक उड्डयन प्राधिकरणको नियम छ । भीएफआर उडानमा खराब मौसम हेरेर उडान गर्ने नियम बनाएको छ । सुरक्षा विज्ञ पाइलटहरू छन् । तर, स्टिल बादलमा छिर्नु हुन्छ । पाइलटहरूमा गोर्खाली बहादुरी धेरै भयो जस्तो लाग्छ ।’

तथ्यांक हेर्दा धेरै वरिष्ठ पाइलटहरुको हवाई दुर्घटनामा मृत्यु भएको उनी बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register