गुजरातमा बाढीका कारण २८ जनाको मृत्यु

झापा, १३ भदौ । भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण पछिल्लो तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ। मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको छ। भारी बर्षाका कारण नदीको बहावहरू बढेका छन् भने नदी नजिक बसोबास रहेका ३० हजार भन्दा बढी मानिसहरू घर छोडेर सुरक्षित [...] The post गुजरातमा बाढीका कारण २८ जनाको मृत्यु appeared first on Jhapa Online.

Aug 29, 2024 - 09:44
 0
गुजरातमा बाढीका कारण २८ जनाको मृत्यु

झापा, १३ भदौ । भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण पछिल्लो तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ। मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको छ।

भारी बर्षाका कारण नदीको बहावहरू बढेका छन् भने नदी नजिक बसोबास रहेका ३० हजार भन्दा बढी मानिसहरू घर छोडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् ।

गुजरात सरकारले बुधबार १३ जनाको बाढीमा डुबेर मृत्यु भएको तथा बाँकीको घर वा रूखहरूले पुरिएर मृत्यु भएको जनाएको छ। इन्डियन एक्सप्रेसले राज्यभरि समाचार तयार पार्दासम्म बाढीका कारण ३५ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

The post गुजरातमा बाढीका कारण २८ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register