झापामा हात्तीको अंगसहित एक जना पक्राउ

झापा, २५ भदौ । झापाको मेचीनगरबाट जंगली हात्तीको अंग सहित एक जना पकाउ परेका छन् । मेचिनगर ९ का  खगेन्द्र चापागाई संरक्षित वन्यजन्तु हात्तिको अंग सहित पकाउ परेका हुन। उनलाई सोमबार लामो समयको सुराक पश्चात   डिभिजन वन कार्यलय झापा,  सव डिभिजन वन कार्यलय  धाईजन र इप्रका धुलाबारीको संयुक्त टोलीले   हात्तीको अंग सहित पक्राउ [...] The post झापामा हात्तीको अंगसहित एक जना पक्राउ appeared first on Jhapa Online.

Sep 10, 2024 - 07:20
 0
झापामा हात्तीको अंगसहित एक जना पक्राउ

झापा, २५ भदौ । झापाको मेचीनगरबाट जंगली हात्तीको अंग सहित एक जना पकाउ परेका छन् । मेचिनगर ९ का  खगेन्द्र चापागाई संरक्षित वन्यजन्तु हात्तिको अंग सहित पकाउ परेका हुन।

उनलाई सोमबार लामो समयको सुराक पश्चात   डिभिजन वन कार्यलय झापा,  सव डिभिजन वन कार्यलय  धाईजन र इप्रका धुलाबारीको संयुक्त टोलीले   हात्तीको अंग सहित पक्राउ गरिएको डिभिजन वन कार्यलय झापाका सिनियर वन अधिकृत जिवन पाठकले जानकारी दिए । 

वन अधिकृत पाठकका अनुसार पक्राउ परेका चापागाईका साथबाट ८ केजी बढी  बङ्गारा, दाँत , पुच्छर ,खुर, नङ्ग्रा लगायतका शरिरका विभिन्न अँग बरामद गरिएको छ। उनले भणडारण गरेर राखेको कोठाबाट अंगहरू  वन कर्मचारी र प्रहरीले बरामद गरेको हो । 

चापागाइले लामो समयदेखि बिदेश जाने प्रकियामा रहेका  युवालाई महँगोमा औषधिको  रूपमा उक्त अंग मिश्रित सामाग्री बेच्ने गरेको खुल्न आएको छ । बिदेश जाने प्रकियामा  मेडिकल गर्दा छातीमा  दाग देखिएर जान नसकेका अर्थात मेडिकल फेल भएका युवालाई दाग हटाउनकालागि मोटो रकम लीएर औषधिको रुपमा बिक्रि गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको वन अधिकृत पाठकको भनाई छ । पक्राउ परेका चापागांई  सहित उनका बाबु बाजे जडिबुट्टिको काम गर्दै आएको बताइएको छ ।  

 उनले  हात्तीका ति अँगहरू धुलो बनाएर अन्य औषधिमा मिसाएर बेच्ने गरेको पाईएको अनुसन्धानमा संमलग्न वन अधिकारीको भनाई छ । 

चापागाँईलाई अहिले डिभिजन वन कार्यलयको हिरासतमा राखेर अनुसन्धान भईरहेको बताईएको छ ।  घटनाका बिषयमा अनुसन्धान भईरहेको जनाईएको छ । 

घटनाको गोप्य सुचना पाए पश्चात आज वन कार्यालयका अधिकृत पाठक सहित सव डिभिजन वन कार्यालय धाइजनमा कार्यरत सहायक वन अधिकृत  डिल्लीराम खरेल सहितको नेतृत्वमा गएको कर्मचारीको टोली र इप्रका धुलाबारीका प्रहरीको संयुक्त टोलीले उक्त सफलता हात पारेको हो । झापामा वन्यजन्तुको केसमा अंग सहित ब्यक्ति  पक्राउ गरेको यो घटना अहिले सम्मकै ठुलो सफलता भएको बताइन्छ ।

The post झापामा हात्तीको अंगसहित एक जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register