गोर्खा भेट्रानहरुलाई लन्डनमा मनोरन्जन प्याकेज

लन्डन – बेलायतमा कार्यरत सामाजिक संस्था द गोर्खा सेन्टरले गत आइतबार आफ्नै कार्यालय प्राङ्गणमा रमाइलो ‘समर बार्बेक्यू पार्टी’ आयोजना गरेको छ । कार्यक्रममा चर्चित सेफ तथा द गोर्खा सेन्टरका ब्रान्ड एम्ब्यासडर विनोद बरालको रेखदेख र निर्देशनमा बार्बेक्यू तयार गरिएको थियो । गायिका तयाहङ्मा राईले लोकप्रिय गीतहरु सुनाएकी थिइन् भने डिजे हेम विष्टले रोचक प्रस्तुति गरेका […]

Sep 14, 2024 - 10:42
 0
गोर्खा भेट्रानहरुलाई लन्डनमा मनोरन्जन प्याकेज

लन्डन – बेलायतमा कार्यरत सामाजिक संस्था द गोर्खा सेन्टरले गत आइतबार आफ्नै कार्यालय प्राङ्गणमा रमाइलो ‘समर बार्बेक्यू पार्टी’ आयोजना गरेको छ ।

कार्यक्रममा चर्चित सेफ तथा द गोर्खा सेन्टरका ब्रान्ड एम्ब्यासडर विनोद बरालको रेखदेख र निर्देशनमा बार्बेक्यू तयार गरिएको थियो । गायिका तयाहङ्मा राईले लोकप्रिय गीतहरु सुनाएकी थिइन् भने डिजे हेम विष्टले रोचक प्रस्तुति गरेका थिए।

कार्यक्रममा पश्चिम लन्डनमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिक, तिनका परिवार तथा नेपाली समुदायका सदस्यहरुको उत्साहजनक उपस्थिति थियो।

बार्बेक्यू पार्टीमा डिपार्टमेन्ट अफ वर्क्स एण्ड पेन्सन्सको लन्डनस्थित आर्म्ड फोर्सेज च्याम्पियन तथा भेट्रान्स एडभाइजरी एण्ड पेन्सन्स कमिटीका अध्यक्ष पनि सहभागी भएका थिए ।

त्यस्तै एचएसबीसी बैंकको स्थानीय शाखाका कर्मचारी पनि सहभागी थिए । द गोर्खा सेन्टरले सिफारिस गरेको आधारमा एचएसबीसी बैंकले सयौं भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारजनको खाता खोलिदिएको छ ।

‘स्थापनाकालदेखि नै हामीले भूतपूर्व गोर्खा सैनिक तथा उहाँका परिवारका लागि सक्दो सेवा गर्दै आएका छौं। भूतपूर्व गोर्खा सैनिक लगायत पश्चिम लन्डनमा बसोबास गर्ने सबै नेपाली समुदाय तथा नेपालका मित्रहरुलाई एकै थलोमा भेला गरेर रमाइलो, खानपिन गर्ने, हामीलाई स्थापनाकालदेखि नै सहयोग गर्दै आउनु भएका स्वयंसेवी तथा संस्थाहरुलाई धन्यवाद दिने र सामुदायिक भावनालाई अरु बलियो बनाउने उद्देश्यले हामीले बार्बेक्यू पार्टी आयोजना गरेका हौँ’, द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले भने ।

उनले बार्बेक्यू पार्टीमा सहभागी सबैजना लगायत प्रायोजक, स्वयंसेवक तथा पाहुनाहरुलाई धन्यवाद पनि दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register