कांग्रेस पदाधिकारी बैठक बस्दै, महामन्त्रीद्वयको प्रस्तावमाथि सहमति खोजिने

काठमाडौं । नेपाली कांग्रेसको पूर्व तथा वर्तमान पदाधिकारी बैठक बस्दैछ । बैठक शनिबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा सहमति खोजिने नेताहरूले बताएका छन् । महामन्त्री थापाको चुनावपूर्वको गठबन्धन र अर्का महामन्त्री शर्माको बहिर्गमनको नीतिमाथि बैठकमा सहमति खोजिने छ । यस प्रस्तावबारे […]

Aug 31, 2024 - 03:36
 0
कांग्रेस पदाधिकारी बैठक बस्दै, महामन्त्रीद्वयको प्रस्तावमाथि सहमति खोजिने

काठमाडौं । नेपाली कांग्रेसको पूर्व तथा वर्तमान पदाधिकारी बैठक बस्दैछ ।

बैठक शनिबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा सहमति खोजिने नेताहरूले बताएका छन् ।

महामन्त्री थापाको चुनावपूर्वको गठबन्धन र अर्का महामन्त्री शर्माको बहिर्गमनको नीतिमाथि बैठकमा सहमति खोजिने छ ।

यस प्रस्तावबारे सभापति देउवाले महामन्त्रीद्वय थापा-शर्मासँग पटक-पटक छलफल गरेका छन् । तर, सहमति जुटेको छैन ।

देउवाले दुवै प्रस्तावमा आवश्यक संशोधन गर्न चाहेका छन् भने महामन्त्रीद्वय आफ्नो प्रस्तावकै अडानमा छन् ।

यसपछि पूर्व तथा वर्तमान पदाधिकारीको बैठक बोलाइएको छ । देउवाले आज जसरी भएपनि सहमति जुटाउनुपर्ने बताएका छन् ।

आइतबार कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । महामन्त्रीद्वयको प्रस्तावमा आवश्यक संशोधन गरेर भोलि बस्ने बैठकबाट उक्त प्रस्ताव पारित गरेर जाने देउवाको मनसाय छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register