राष्ट्रपति बाइडेनका छोरालाई १७ वर्षसम्म कैद हुनसक्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई १७ वर्षसम्म कैद हुनसक्ने भएको छ । व्यवसायी हन्टरले सङ्घीय करसम्बन्धी मुद्दामा गल्ती गरेको स्वीकारेका छन् । यससँगै उनलाई १७ वर्षसम्म कैद हुनसक्ने भएको हो । हन्टरले कर छलेको र करका लागि झुटो व्यहोरा बुझाएकोसम्बन्धी लस एन्जलसको सङ्घीय अदालतमा चलिरहेको मुद्दामा उनले बिहीबार ९ वटा कसूर गरेर […]

Sep 7, 2024 - 02:19
 0
राष्ट्रपति बाइडेनका छोरालाई १७ वर्षसम्म कैद हुनसक्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई १७ वर्षसम्म कैद हुनसक्ने भएको छ ।

व्यवसायी हन्टरले सङ्घीय करसम्बन्धी मुद्दामा गल्ती गरेको स्वीकारेका छन् । यससँगै उनलाई १७ वर्षसम्म कैद हुनसक्ने भएको हो ।

हन्टरले कर छलेको र करका लागि झुटो व्यहोरा बुझाएकोसम्बन्धी लस एन्जलसको सङ्घीय अदालतमा चलिरहेको मुद्दामा उनले बिहीबार ९ वटा कसूर गरेर घटीमा १४ लाख डलर कर नतिरेको स्वीकार गरेका छन् ।

अदालतमा सो मुद्दा हेर्ने ‘ज्यूरी’ छान्न १०० जनाभन्दा बढीलाई अन्तर्वार्ताका लागि बोलाइसकेपछि हन्टरले गल्ती गरेको स्वीकार गरेका हुन् ।

त्यसो त अमेरिकामा सरकारी वकिलसँग सहमति गरेर ठूलो सजायबाट जोगिन थोरै सजाय भएको कसूर स्वीकार गर्ने चलन हुन्छ । तर, हन्टरले त्यस्तो सहमति नगरी एकतर्फी रूपमा गल्ती स्वीकार गरेका हुन् ।

उनले गल्ती स्वीकार गरेपछि यो मुद्दामा सजाय निर्धारण भने राष्ट्रपतिको चुनावपछि आगामी डिसेम्बरमा हुनेछ । उनले बढीमा १७ वर्ष कैद वा १३ लाख डलरसम्म जरिवानाको सजाय पाउनेछ ।

गत जुनमा मात्रै हन्टर बन्दुक किन्दा झुटो विवरण भरेको मुद्दामा दोषी ठहरिएका थिए । त्यसमा पनि सजाय सुनाइएको छैन र उनलाई त्यसका लागि छुट्टै २५ वर्षसम्मको जेल सजाय हुनसक्छ । एजेन्सीको सहयोगमा ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register