‘पुरानै पदमा फर्कन पाउँ’ भन्दै मुकुल ढकालले पार्टीमा दिए निवेदन, सफाईको मौका नदिइ कारबाही गरिएको गुनासो

मुकुलले पार्टीको केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताबाट हटाउँदा आफूलाई स्पष्टिकरण समेत नसोधिएको दाबी समेत गरेका छन् ।

Sep 1, 2024 - 08:53
 0
‘पुरानै पदमा फर्कन पाउँ’ भन्दै मुकुल ढकालले पार्टीमा दिए निवेदन, सफाईको मौका नदिइ कारबाही गरिएको गुनासो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका मुलुक ढकालले पुरानै पदीय हैसियतमा पुनर्बहालीको माग गर्दै पार्टीमा निवेदन दिएका छन् ।

आफूलाई विधान विपरीत निकालिएको जिकिर गर्दै उनले पुनर्बहालीको मागसहित पार्टीको पुनरावेदन समितिमा निवेदन दिएका छन् ।

आइतबार समितिलाई पत्र पठाइ ढकालले महामन्त्रीबाट कारबाही गरेको ३५ दिन पुगेकाले पार्टीको विधानको धारा ५७ बमोजिम पुनरावेदन गरेका हुन् ।

कारबाही गर्दा सफाई पेश गर्ने मनासिव मौका दिनुपर्ने विधानको व्यवस्था पालना नभएको उनले जिकिर गर्दै पार्टीले तयार गरेको विधानको धारा ५६ को उपधारा ४ ले समेत सफाईको मौका दिनुपर्ने व्यवस्था रहेको स्मरण गराएका छन् ।

उनले पार्टीको केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताबाट हटाउँदा आफूलाई स्पष्टिकरण समेत नसोधिएको दाबी समेत गरेका छन् ।

उनले निवेदनमा भनेका छन्, ‘प्रतिवाद गर्ने सुनुवाईको मौका दिनुपर्नेमा प्राकृतिक न्यायको सिद्धान्तको प्रतिकूल निवेदकलाई बुझ्दै नबुझी गरेको निर्णय कायम रहन सक्ने अवस्था नरहने भन्ने अदालतबाटै सिद्धान्त प्रतिपादन भएको छ । यसर्थ, मलाई सफाई पेश गर्ने अवसर नै प्रदान नगरी पदमुक्त गर्ने कथित केन्द्रीय समितिको निर्णय सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको विपरित रही बदरभागी छ ।’

पार्टीको सभापतिबाट भए गरेको गैरकानुनी कार्य र उनीविरुद्ध राज्यको विभिन्न निकायबाट भैरहेको अनुसन्धान, अदालतमा विचाराधीन दोहोरो पासपोर्ट जस्ता गम्भीर प्रकृतिका तथा आम नागरिक समेतबाट उठेको सहकारी रकम ठगी र दुरुपयोग जस्ता कार्यको विरोध गरेको कारण व्यक्तिगत रुपमा लक्षित गरी कारबाही भइरहेको उनले निवेदनमा उल्लेख गरेका छन्

आफूमाथिको कारबाही त्रुटिपूर्ण रहेको भन्दै ढकालले पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिम साविककै पदिय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाइपाउँ भनेर उल्लेख गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register