बिरामी लिएर काठमाडौं फर्किए रक्षामन्त्री राई (भिडिओसहित)

सोलुखुम्बु । रक्षामन्त्री मानवीर राई बिरामी लिएर काठमाडौं फर्किएका छन् । शुक्रबार बिहान विभिन्न कार्यक्रममा सहभागी हुन सेनाको हेलिकोप्टरमार्फत गृहजिल्ला सोलुखुम्बु आएका मन्त्री राई फर्किँदा बिरामी लिएर फर्किएका हुन् । मन्त्री राई सोलुदुधकुण्ड नगरपालिका ४, फाप्लुका रिन्जी तामाङलाई आफूसँगै लिएर काठमाडौं फर्किएका हुन् । ८२ वर्षीय तामाङ लामो समययता जिल्ला अस्पताल फाप्लुमा उपचाररत थिए । […]

Aug 30, 2024 - 11:19
 0
बिरामी लिएर काठमाडौं फर्किए रक्षामन्त्री राई (भिडिओसहित)

सोलुखुम्बु । रक्षामन्त्री मानवीर राई बिरामी लिएर काठमाडौं फर्किएका छन् ।

शुक्रबार बिहान विभिन्न कार्यक्रममा सहभागी हुन सेनाको हेलिकोप्टरमार्फत गृहजिल्ला सोलुखुम्बु आएका मन्त्री राई फर्किँदा बिरामी लिएर फर्किएका हुन् ।

मन्त्री राई सोलुदुधकुण्ड नगरपालिका ४, फाप्लुका रिन्जी तामाङलाई आफूसँगै लिएर काठमाडौं फर्किएका हुन् ।

८२ वर्षीय तामाङ लामो समययता जिल्ला अस्पताल फाप्लुमा उपचाररत थिए । तामाङलाई अस्पतालले काठमाडौं रेफर गरेको थियो । तर, तामाङ काठमाडौं जान सकिरहेका थिएनन् ।

ठीक यही बेला मन्त्री राईले बिरामी लिएर काठमाडौं फर्किएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register