प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा तीन मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक […]

Sep 3, 2024 - 03:21
 0
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा तीन मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्याअवधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ र ‘सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register