कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु

काठमाडौं । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा १२९ जनाको मृत्यु भएको आन्तरिक मन्त्रीले जानकारी दिएका छन् । यस घटनामा मृत्यु भएकामध्ये २४ जनाको चेतावनी पछि गोली हानेर मृत्यु भएको मन्त्री ज्याक्वेमेन शाबानीले एक भिडियो सन्देश मार्फत घटनाको जनाकारी गराए । उनकाअनुसार राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा […]

Sep 3, 2024 - 11:49
 0
कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु

काठमाडौं । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा १२९ जनाको मृत्यु भएको आन्तरिक मन्त्रीले जानकारी दिएका छन् ।

यस घटनामा मृत्यु भएकामध्ये २४ जनाको चेतावनी पछि गोली हानेर मृत्यु भएको मन्त्री ज्याक्वेमेन शाबानीले एक भिडियो सन्देश मार्फत घटनाको जनाकारी गराए । उनकाअनुसार राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा ५९ जना घाइते भएका छन् ।

यस घटनामा धेरै मानिसहरूलाई कुल्चिएको वा तथा भिडभाडमा प्रभावित भएको र धेरै महिलाहरू बलात्कृत भएको मन्त्रालयले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको तथा तनावपुर्ण अवस्था सिर्जना भएको बताएका छन् । एक इलेक्ट्रिशियन दड्डी सोसोले घटनापछि सुरक्षा बलका गाडीले शव लिएर गएको देखेको बताएका छन् ।

सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई हाल स्थिति “नियन्त्रणमा“ रहेको बताएका छन् भने अधिकारीहरूले कति कैदीहरू भागे वा भाग्ने प्रयास गरे भन्ने बारे केही उल्लेख गरेका छैनन् । एएफपी

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register