महिनावारीको दुखाइ कम गर्न घरमै तयार गर्नुहोस् हर्बल टी

काठमाडौं । महिनावारीको समयमा दुखाइ र असहजता प्रत्येक महिलाको लागि फरक हुन्छ । कसैलाई ४ दिनमा रोकिन्छ भने कसैको हप्ताभरि चल्छ । यसैगरी कसैलाई महिनावारी हुँदा कम दुखाइ हुन्छ तर, कसैको लागि यो दुखाइ सहन गाह्रो हुन्छ । महिनावारी सुरु हुनुभन्दा २ देखि ३ दिन पहिले नै पेटमा दुखाइ हुन थाल्छ । यो समयमा कसैलाई […]

Sep 3, 2024 - 14:05
 0
महिनावारीको दुखाइ कम गर्न घरमै तयार गर्नुहोस् हर्बल टी

काठमाडौं । महिनावारीको समयमा दुखाइ र असहजता प्रत्येक महिलाको लागि फरक हुन्छ । कसैलाई ४ दिनमा रोकिन्छ भने कसैको हप्ताभरि चल्छ । यसैगरी कसैलाई महिनावारी हुँदा कम दुखाइ हुन्छ तर, कसैको लागि यो दुखाइ सहन गाह्रो हुन्छ ।

महिनावारी सुरु हुनुभन्दा २ देखि ३ दिन पहिले नै पेटमा दुखाइ हुन थाल्छ । यो समयमा कसैलाई तीव्र दुखाइ महशुस हुन्छ । यस्तो अवस्थामा केही हर्बल ड्रिंक पिउन सकिन्छ । यो होममेड ड्रिंक पिउन सुरु गरेपछि महिनावारीमा हुने दुखाइ पनि कम हुन थाल्छ । आज हामी घरमै यो हर्बल टी तयार गर्ने तरिकाबारे जानौँ ।

अदुवा चिया

अदुवाको चिया महिनावारीको समयमा हुने दुखाइ कम गर्न फाइदाजनक हुन सक्छ । तपाईंले दूध नराखेर अदुवा चिया बनाउनुपर्छ । यसका लागि अदुवालाई साना टुक्रामा काटेर पानीमा हाल्नुहोस् र केही बेर पकाएपछि छानेर पिउनुहोस् ।

यो एन्टी–इन्फ्लेमेटरी ड्रिंकले पेटका धेरै समस्याहरू हटाउँछ र पेट फुल्ने समस्याबाट पनि छुटकारा दिलाउँछ ।

सोफ चिया

सोफको चिया पनि महिनावारीको समयमा फाइदाजनक हुन्छ । सोफमा पाइने गुणहरूले पेटलाई राहत दिन्छ र चिसोको अनुभूति गराउँछ जसले गर्दा असहजता कम हुन्छ । सोफले शरीरलाई रिल्याक्स गर्न र पिडा कम गर्न प्रभावकारी हुन्छ ।

दालचिनीको चिया

दालचिनीको चिया पनि महिनावारीको समयमा दुखाइबाट राहत दिन मद्दत पुर्‍याउँछ । यस चियाको सेवनले रगतको प्रवाह सुधार गर्न र महिनावारीको समयमा हुने असहजतालाई कम गर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register