सतासीको ६० हजार केजी मह बिक्री गर्ने लक्ष्य

शिवसताक्षी, १८ भदौ । झापाको शिवसताक्षीमा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाले १८ औं वार्षिक साधारण सभा भएको छ ।संस्थाले आज नौमति बाजासहित र्याली गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभा उद्घाटन हुनु पुर्व निकालिएको र्यालीले दूधे बजार परिक्रममा गरेको थियो । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेर सुरु गरिएको साधारण [...] The post सतासीको ६० हजार केजी मह बिक्री गर्ने लक्ष्य appeared first on Jhapa Online.

Sep 3, 2024 - 15:54
 0
सतासीको ६० हजार केजी मह बिक्री गर्ने लक्ष्य

शिवसताक्षी, १८ भदौ । झापाको शिवसताक्षीमा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाले १८ औं वार्षिक साधारण सभा भएको छ ।
संस्थाले आज नौमति बाजासहित र्याली गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभा उद्घाटन हुनु पुर्व निकालिएको र्यालीले दूधे बजार परिक्रममा गरेको थियो । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेर सुरु गरिएको साधारण सभा संस्था सदस्यहरुले तीज मिलन कार्यक्रम गर्दै सम्पन्न गरिएको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष धनमाया थापाले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले संस्थाको वर्तमान अवस्था र भावी योजनाको बारेमा जानकारी दिइन् । संस्था केही समयमा कोरोना र पछिल्लो समय देशैभरी आएको वित्तीय संकटले गर्दा सुस्त भएको थियो । उनले भनिन् अब संस्था पुरानै लयमा फर्किएको छ । मह उत्पादनमा पनि बृद्धि भएको र बजारी करणपनि पुरानै लयमा फर्किएकाले सबै सदस्य महानुभावहरु मह उत्पादन र बजारीकरणमा लाग्न हुन समेत अध्यक्ष थापाले अनुरोध गरेकी छिन् ।

वि.सं. २०६३ सालमा विधिवत दर्ता गरेर सञ्चालनमा आएको सहकारी संस्थाले २०७४ सालसम्म आइपुग्दा मह उत्पादन र बजारीकरणमा आफ्ने छुट्टै ब्राण्ड बनाई सकेको थियो । सतासी महले देश विदेश सम्म आफ्नो छाप छोडी सकेको अवस्थमा २०७४ सालदेखि संस्थाको मह उत्पादन र बजारीकरणको विस्तार गर्न सहारा सकोस सँग ५० लाख बराबरको साझेदारमा मह र मौरीजन्य उपकरण खरिद र सञ्चालन गर्न सम्झौता भएको संस्थाको प्रतिवेदनमा उल्लेख छ। साहरा सकोसले २०८० सालसम्म आइपुग्दा सम्झौता गरे अनुसारको सुविधा उपलब्ध नगराएपछि संस्थाले आफै उद्योग सञ्चालनमा ल्याउन सुरु गरिएको हो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक देवी कुमारी ओलीले १७ औं वार्षिक साधारण सभाबाट गरिएको निर्णय, प्रस्ताव र माइन्युट मौरी उद्योगको साझेदार संस्था साहरा नेपालमा पठाइसकेको तर आज सम्म पनि कार्यन्वयन नहुँदा दुःख लागेको बताइन् । उनले हाल मह उद्योग सतासी मौरी पालनले नै सञ्चालन गर्दै आएको र पछिल्लो समयमा ३० हजार केजी मह उत्पादन गरी विक्री गरिएको समेत जानकारी दिइन् ।

कार्यक्रममा सतासी महिला मौरीपालन र मह विक्री वितरणमा प्रचार प्रसार गरेर संस्थाको हितमा काम गरेको भन्दै संस्थाका सदस्य हिराकुमारी भट्टराई नगद सहित सम्मान गरेको छ ।

साधारण सभा बैंक तथा वित्तीय संस्था विज्ञ चुडामणी चापागाईले सहकारीका सदस्यहरुलाई मह उत्पादन र त्यसको बजारीकरण, व्यवस्थापन लगायत विषयमा १ घण्टा अभिमुखीकरण गरेका थिए ।

यसैबीच, सतासी महिला मौरीपालन संस्थाले तीज मिलन कार्यक्रम पनि गरेको छ। साधारण सभामा उपस्थित संस्थाका सदस्य महिला दिदीबहिनीहरुले दर खाँदै नाचगान समेत गरेका थिए ।

साधारण समा कृषिज्ञान केन्द्र झापाका वरिष्ठ कृषि अधिकृत सागर विष्ट, वडा नं. ११ का अध्यक्ष बहादुर आङ्गबो, सहारा नेपालकी उपाध्यक्ष पवित्रा लिम्बु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक देवीकुमारी ओलीले गरेकी थिइन् ।

The post सतासीको ६० हजार केजी मह बिक्री गर्ने लक्ष्य appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register