सातै प्रदेशमा सुविधा सम्पन्न बाल अस्पताल बनाउने डा. कोइरालाको अभियानमा जोडिए बेलायतका नेपाली

लन्डन । सातै प्रदेशमा सुविधा सम्पन्न बाल अस्पताल बनाउने नेपालका सुप्रसिद्ध हृदय रोग विशेषज्ञ डा. भगवान कोइरालाको अभियानमा बेलायतका नेपाली पनि सामेल भएका छन् । ‘केपल्स यूके’ नामक एक संस्थालाई बेलायतको च्यारिटी कमिसनमा दर्ता गरि बेलायतस्थित स्वास्थ्यविज्ञ तथा समाजसेवीहरु उक्त अभियानमा सशक्त रुपमा जोडिएका हुन् । उक्त च्यारिटी संस्थाको ट्रस्टीहरुमा कन्सल्टेन्ट एनेस्थेटिस्ट डा. रमेश खोजु […]

Sep 12, 2024 - 16:45
 0
सातै प्रदेशमा सुविधा सम्पन्न बाल अस्पताल बनाउने डा. कोइरालाको अभियानमा जोडिए बेलायतका नेपाली


लन्डन । सातै प्रदेशमा सुविधा सम्पन्न बाल अस्पताल बनाउने नेपालका सुप्रसिद्ध हृदय रोग विशेषज्ञ डा. भगवान कोइरालाको अभियानमा बेलायतका नेपाली पनि सामेल भएका छन् ।

‘केपल्स यूके’ नामक एक संस्थालाई बेलायतको च्यारिटी कमिसनमा दर्ता गरि बेलायतस्थित स्वास्थ्यविज्ञ तथा समाजसेवीहरु उक्त अभियानमा सशक्त रुपमा जोडिएका हुन् ।

उक्त च्यारिटी संस्थाको ट्रस्टीहरुमा कन्सल्टेन्ट एनेस्थेटिस्ट डा. रमेश खोजु श्रेष्ठ, कन्सल्टेन्ट डायबिटोलोजिस्ट प्राध्यापक सत्यनमान राजभण्डारी, बाल रोग विशेषज्ञ कन्सल्टेन्ट डा दुर्गा सिग्देल, क्रिटिकल केयर एडभान्स नर्स प्राक्टिसनर प्रसुना कँडेल र सामाजिक अभियन्ता शिवजी श्रेष्ठ छन् ।  

उक्त च्यारिटी संस्थाले काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थसँग सहकार्य गरि बाल अस्पताल बनाउने डा. कोइरालाको अभियानमा आर्थिक संकलन तथा प्रशिक्षण उपलब्ध गराउने योजना बनाएको एकजना ट्रस्टी कन्सल्टेन्ट डायबिटोलोजिस्ट प्राध्यापक सत्यनमान राजभण्डारीले जनाए ।

‘विशेष गरि हामी आँफै नेपाल गएर वा नेपालबाट स्वास्थ्यकर्मी बेलायत निम्त्याएर प्रशिक्षण दिने हाम्रो सोच छ’- राजभण्डारीले भने ।  

उपकरण, सुविधा र तालिम प्रदान गरी नेपालमा बिरामी बालबालिकाको स्वास्थ्य हेरचाहमा चिकित्सकहरूलाई सघाउने राजभण्डारीले उल्लेख गरे ।  

नेपालको ७ वटै प्रदेशमा सुविधा सम्पन्न बाल अस्पताल बनाउने ‘काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थ’ को अभियान अन्तर्गत हाल कोशी प्रदेशको दमकमा बाल अस्पताल संचालनमा आइसकेको छ भने बागमती प्रदेशको काठमाडौँ (धापासी) मा द्रुत गतिले निर्माणाधीन छ। 

बेलायतमा रहेका नेपालीहरुलाई पनि अभियानमा आफ्नो तर्फबाट सहयोग गर्न उत्प्रेरित गर्ने भावनाका साथ केपल्स यूके च्यारिटीमा दर्ता गरिएको ट्रस्टी प्रसुना कँडेलले जनाइन् । 

‘सरकारको मात्र मुख नताकी आफ्नै तर्फबाट पनि केही गरौं भन्ने महान सोचका साथ हृदय रोग विशेषज्ञ डा कोइरालाको अगुवाइमा अन्य प्रदेशमा पनि क्रमश: बाल अस्पताल स्थापना गर्ने क्रममा विश्वका विभिन्न मुलुकमा रहेका सहृदयी नेपालीबाट सहयोग र सहकार्यको पहल भइरहंदा हामी पनि जोडिएका छौं’- कँडेलले जनाइन् । 

केपल्स यूकेले गत बर्ष जुलाईमा पहिलोपटक डा कोइरालाको उपस्थितिमा बेलायतमा एक विशेष कार्यक्रम समेत गरेको थियो ।

‘हामी नेपालमा सस्तो र सुलभ बाल स्वास्थ्य सेवा प्रदान गर्न Kathmandu Institute of Child हेल्थ (KIOCH) लाई सहयोग गर्छौं’- कंडेलले भनिन्- ‘डा. कोइराला समेतको उपस्थितिमा KIOCH र KPALS UK को गतिनिधि तथा आगामी कार्यक्रमबारे जानकारी दिन एवं केही महत्वपूर्ण सरसल्लाह गर्न यही आइतबार जुम बैठक राखिएको छ।’

जुम बैठक यूके समय १३:१५ (नेपाली समय साँझ ६ बजे) देखि शुरु हुने बताउंदै संस्थाले इच्छुकलाई सहभागी हुन निमन्त्रणा गरेको छ ।  

उपस्थितिका लागि: ZOOM Link:

Sunday 15 September UK Time 13:15 (नेपाली समय साँझ ६ बजे) 

https://us02web.zoom.us/j/5645407883?pwd=OW8rZkJOY09wcFBmcU9Pd0hzUVhmUT09     

Meeting ID: 564 540 7883

Passcode: S4U2021

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register