कनकाई बिहानी क्लबद्वारा जेष्ठ नागरिकलाई सम्मान

कनकाई, १८ भदौ । झापाको कनकाई बिहानी क्लबले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । क्लवले तीन जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मान हुनेहरुमा कनकाई–१ का ९२ वर्षिय गुरुप्रसाद शिवाकोटी, ९० वर्षिय खड्गप्रसाद बारकोटी र क्लबका सल्लाकार समिति सदस्य समेत रहेका ८८ वर्षीय बलबहादुर भुजेल छन् । कुशे औंशीको अवसर पारेर सोमबार क्लबले उनीहरुलाई [...] The post कनकाई बिहानी क्लबद्वारा जेष्ठ नागरिकलाई सम्मान appeared first on Jhapa Online.

Sep 3, 2024 - 15:46
 0
कनकाई बिहानी क्लबद्वारा जेष्ठ नागरिकलाई सम्मान

कनकाई, १८ भदौ । झापाको कनकाई बिहानी क्लबले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । क्लवले तीन जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मान हुनेहरुमा कनकाई–१ का ९२ वर्षिय गुरुप्रसाद शिवाकोटी, ९० वर्षिय खड्गप्रसाद बारकोटी र क्लबका सल्लाकार समिति सदस्य समेत रहेका ८८ वर्षीय बलबहादुर भुजेल छन् ।

कुशे औंशीको अवसर पारेर सोमबार क्लबले उनीहरुलाई सम्मान गरेको छ । क्लबका अध्यक्ष लोकनाथ उप्रेती, सस्थापक अध्यक्ष मनोज बस्नेत, सल्लाहकार संयोजक अनिरुद्र ओली, सदस्य चुडामणि ढकाललगायत सम्पूर्ण क्लबका पदाधिकारी तथा सदस्यहरुको सहभागीता उनीहरुलाई सम्मान गरिएको थियो ।

उनीहरुलाई दोसल्ला, खदा, खाद्यन्न र फलफूलसहित प्रदान गर्दै सम्मान गरिएको थियो । सम्मानित जेष्ठ नागरिकहरु तथा परिवारजनको तर्फबाट हर्षित हुँदै क्लबको थप प्रगति र उन्नतीको शुभकामनासहित धन्यबाद प्रदान गरेका थिए ।

क्लब अध्यक्ष लोकनाथ उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष मनोज बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । औपचारिक कार्यक्रमको सन्चालन क्लबका सचिव निर्मला बस्नेतले गरेकी थिइन् ।

The post कनकाई बिहानी क्लबद्वारा जेष्ठ नागरिकलाई सम्मान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register