एक साथ ५८७ इन्स्पेक्टरको सरुवा

झापा, १८ भदौ । नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को एकसाथ सरुवा गरिएको छ।  प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भदौ १७ गते गरेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो । प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरिएको छ । कपिलवस्तुस्थित वडा प्रहरी [...] The post एक साथ ५८७ इन्स्पेक्टरको सरुवा appeared first on Jhapa Online.

Sep 3, 2024 - 03:42
 0
एक साथ ५८७ इन्स्पेक्टरको सरुवा

झापा, १८ भदौ । नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को एकसाथ सरुवा गरिएको छ।  प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भदौ १७ गते गरेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो ।

प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरिएको छ ।

कपिलवस्तुस्थित वडा प्रहरी कार्यालय चन्द्रौटामा सुजन शाह, रुपन्देहीको इलाका प्रहरी कार्यालय मझगाउँमा सन्तोष बस्याल र सिराहा स्थित इलाका प्रहरी कार्यालय मिर्चैयामा सन्तोष कुमार बुढाथोकीलाई पठाइएको छ ।

शोभा पाण्डेयलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ । विशाल सापकोटालाई इलाका पहरी कार्यालय मनहरि मकवानपुर र बाङगेल लामालाई जाजरकोट स्थित इलाका प्रहरी कार्यालय रिम्नामा सरुवा गरिएको छ ।

रौतहट ट्राफिकमा लोकेन्द्र अधिकारी, पर्सा ट्राफिकमा लोकराज भट्ट, महोत्तरी ट्राफिकमा लक्ष्मीराज जोशी र प्रहरी प्रभाग मंगलबजारमा लीलाभक्त बादेलाई पठाइएको छ ।

The post एक साथ ५८७ इन्स्पेक्टरको सरुवा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register