सामाजिक ब्यक्तित्व गिरीले दिए ज्येष्ठ नागरिकका लागि टेलिभिजन

लक्ष्मीपुर, २२ भदौ । सामाजिक कार्यलाई निरन्तरता दिदै झापा अर्जुनधारा–५ का सामाजिक ब्यक्तित्व राजु गिरीले बुबाको मुख हेर्ने दिनको अवसर पारेर सामाजिक संस्थालाई टेलिभिजन प्रदान गरेका छन् । अर्जुनधारा–५ पानीकलमा रहेको बागेडाँगी सामुदायिक विकास केन्द्र अन्तरगतको ‘जेष्ठ नागरिक चौतारी उज्यालो कार्यक्रम’ लाई सहारा नेपालका लेखा अधिकृतसमेत रहेका गिरीले ३२ इन्चको स्मार्ट टेलिभिजन दिएका हुन् । [...] The post सामाजिक ब्यक्तित्व गिरीले दिए ज्येष्ठ नागरिकका लागि टेलिभिजन appeared first on Jhapa Online.

Sep 7, 2024 - 14:28
 0
सामाजिक ब्यक्तित्व गिरीले दिए ज्येष्ठ नागरिकका लागि टेलिभिजन

लक्ष्मीपुर, २२ भदौ । सामाजिक कार्यलाई निरन्तरता दिदै झापा अर्जुनधारा–५ का सामाजिक ब्यक्तित्व राजु गिरीले बुबाको मुख हेर्ने दिनको अवसर पारेर सामाजिक संस्थालाई टेलिभिजन प्रदान गरेका छन् ।

अर्जुनधारा–५ पानीकलमा रहेको बागेडाँगी सामुदायिक विकास केन्द्र अन्तरगतको ‘जेष्ठ नागरिक चौतारी उज्यालो कार्यक्रम’ लाई सहारा नेपालका लेखा अधिकृतसमेत रहेका गिरीले ३२ इन्चको स्मार्ट टेलिभिजन दिएका हुन् । गिरीले केहीदिन अगाबै बुवाको मुख हेर्ने दिनको अवसर पारेर प्रदान गरेको एउटा स्मार्ट टिभी आज (शनिवार) एक समारोहकाबिच जेष्ठ नागरिक चौतारी उज्यालो कार्यक्रमका अध्यक्ष मेघराज चौहानलाई हस्तान्तरण गरेका छन् ।

गिरीले ४ बर्षअघिदेखि आफ्नो, श्रीमती मिनादेबी, छोरा पंकज र छोरी प्रकृतिको जन्मोत्सव साथै आफ्नो बैवाहिक बर्ष गाठको अवसर पारेर अपाङ्गता भएका ब्यक्तिहरुलाई व्हीलचेयर वितरण गर्दै आएका छन् । त्यस्तै आगामी असोजमा पनि छोराछारीको जन्मोत्सवको अवसर पारेर २ जना अपाङ्गता भएकालाई व्हीलचेयर बितरण गर्ने गिरीले बताएका छन् ।

‘जति उमेर ढल्कदै जान्छ’ सामाजिक ब्यक्तित्व गिरीले भने ‘त्यति सामाजिक सेवा गर्ने सोच आउँदैछ ।’ उनले युवा अवस्थामा खासै सामाजिक सेवाको भावना जागृत नहुने बताउँदै उनले पछिल्लो केहि बर्ष यता उमेर ढल्कदै गएको र आफुमा सामाजिक कार्यको भावना जाग्दै गएकाले आफुले सकेको सहयोग गरेको बताए । उनले नहुनेलाई हुनेले साथ सहयोग गर्नुपर्नेमा समेत जोड दिए ।

जन्मदिन र बैवाहिक बर्षगाठमा गरिने फजुल खर्च कटाएर सामाजिक कार्य गर्दा धेरै आनन्द हुने भएकाले सवैलाई त्यस्ता कार्यक्रमका गरिने खर्च घटाएर सामाजिक कार्य गर्न गिरीले आग्रहसमेत गरेका छन् ।

उनले आफ्ना परिवारका अन्य सदस्यलाई पनि यस्ता सामाजिक कार्यमा सहयोग गर्न जोड्दै लाने प्रतिवद्धता ब्यक्त गरे । उज्यालो कार्यक्रमका अध्यक्ष चौहानले गिरीले जेष्ठ नागरिकहरुका लागि टिभी सहयोग गरेर ठूलो सामाजिक कार्य गरेको बताए ।

बागेडाँगी सामुदायिक विकास केन्द्रका अध्यक्ष टेकनाथ अधिकारी (महेन्द्र) २०५४ सालमा स्थापना भएको बताउँदै हाल उक्त संस्थाको भवनमा प्रत्येक शनिवार बिहान ११ देखि २ बजेसम्म स्थानीय जेष्ठ नागरिकसहित स्थानीयले लोप हुन लागेको कला संस्कृतिलाई जर्गेना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले बिभिन्न कार्यक्रम गर्दै आएको बताए । एकसय जना स्थानीयको सहभागीतामा प्रत्येक शनिवार बालन, संगीनी, तामाङ सेलो, पुराना लोकगीत, भजन किर्तन, नौमती बजालगायतका कार्यक्रम हुने गरेको अध्यक्ष महेन्द्रले बताएका छन् ।

अध्यक्ष महेन्द्रका अनुसार केन्द्रको भवन निर्माणका लागि बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको देशकै सवै भन्दा ठूलो सहकारी सहारा नेपाल साकोसले २२ लाख, प्रदेश सरकार र अर्जुनधारा नगर र स्थानीय दाताहरुको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । निर्माणधिन अवस्थामै रहेको उक्त भवनका लागि निर्माण सम्पन्न गर्न थप केही रकम आवश्यक भएकाले सरोकारवाला सवैलाई अध्यक्ष महेन्द्रले सहयोगका लागि अपिल समेत गरेका छन् ।

सोही कार्यक्रमकाबिच इच्छामाया भुजेलले भवनका लागि एउटा पंका हस्तान्तरण गरेकी थिइन् । त्यसहा हुने भजन, किर्तनका लागि बाद्यबादक सामाग्री खरिदका लागि स्थानीयले सकेको आर्थिक सहयोगसमेत गरेका थिए । यस अघि मेघराज चौहान, तेजकुमार बुढाथोकी र पदमसिंह थापाले पनि एक÷एक वटा पंखा भवनलाई दिएका थिए । आजको कार्यक्रममा केन्द्रका अध्यक्ष महेन्द्रले आफ्नी माता तीलकुमारी अधिकारीको स्मृतिमा चिया र बिस्कुट र गोकर्ण कार्कीले पानीको ब्यवस्थापन गरेका थिए ।

The post सामाजिक ब्यक्तित्व गिरीले दिए ज्येष्ठ नागरिकका लागि टेलिभिजन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register