एनसेलले ल्यायो नयाँ टिकटक प्याक, सधैं अनको निःशुल्क सोसल मिडिया डेटामा टिकटक पनि उपलब्ध

काठमाडौँ । एनसेलका सबै ग्राहकले अब टिकटक चलाउन सक्नेछन् । एनसेलले शुक्रबारबाट टिकटक प्याक सञ्चालनमा ल्याएको छ र सबै सधैं अनका प्याकहरूमा सामाजिक सञ्जाल चलाउन पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसा करसहित १७५ रूपैयाँमा सात दिन सम्ममा अनलिमिटेड टिकटक चलाउन पाइनेछ। अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न […]

Sep 8, 2024 - 09:55
 0
एनसेलले ल्यायो नयाँ टिकटक प्याक, सधैं अनको निःशुल्क सोसल मिडिया डेटामा टिकटक पनि उपलब्ध

काठमाडौँ । एनसेलका सबै ग्राहकले अब टिकटक चलाउन सक्नेछन् । एनसेलले शुक्रबारबाट टिकटक प्याक सञ्चालनमा ल्याएको छ र सबै सधैं अनका प्याकहरूमा सामाजिक सञ्जाल चलाउन पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसा करसहित १७५ रूपैयाँमा सात दिन सम्ममा अनलिमिटेड टिकटक चलाउन पाइनेछ। अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जिबी डेटा पनि पाउँछन् ।

एनसेलका सधैं अनका सबै प्याकहरूमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो । यसको मतलब अब सधैं अन प्याकहरूमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्क रूपमा आउने डेटाबाट चलाउन पाउँछन् ।

‘नेपालमा औधी मन पराइएको सामाजिक सञ्जाल टिकटकमा लगाइएको रोक हटाइनु स्वागत योग्य छ।  यसका लागि हामी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिन चाहन्छौं,’ एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसीनले भने, ‘हामीले आजैबाट लागू हुने गरी सुलभ दरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएका छौं। साथै सधैं अन प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौं। यसले हाम्रा ग्राहकवर्गलाई टिकटकको पहुँच अझै सहज हुने विश्वास लिएका छौं ।’

एनसेलले सधैं अन योजना अन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरि तीन प्रकारका प्याकहरू प्रदान गर्दै आएको छ । बेसिकमा सात दिन समयसीमा रहेको सधैं अन प्याकमा ग्राहकहरूले अन्य बन्डल सेवाहरू बाहेका १ जिबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन् ।

त्यस्तैगरी, सधैं अनको २८ दिने बेस्ट अन्तर्गतका प्याकहरूमा प्याक अनुसार ४ जिबी, ५ जिबी र ६ जिबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन् । सधैं अन अनलिमिटेड प्याकहरू अन्तर्गत २८ दिन समयसीमा भएको ८ जिबी, १० जिबी र १५ जिबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ । यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register