सहकारी पीडितले मन्त्रीलाई चप्पलले हाने… (फोटो-कथा) 

 काठमाडौँ । सहकारी पीडितहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको राजिनामा माग्दै काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौँको रत्नपार्क शान्तिबाटिकामा प्रदर्शन गरेका हुन् ।  प्रदर्शनमा उनीहरुले सहकारी मन्त्री अधिकारीको पोस्टरमा चप्पलले, लात्तीले हानेका थिए भने मन्त्रीको पुत्लासमेत जलाएका थिए ।  मन्त्रीको पुत्ला जलाउँदै सहकारी पीडितले सहकारी ठगी गर्नेहरुको सम्पत्ति जफत […]

Sep 6, 2024 - 03:41
 0
सहकारी पीडितले मन्त्रीलाई चप्पलले हाने… (फोटो-कथा) 

 काठमाडौँ । सहकारी पीडितहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको राजिनामा माग्दै काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौँको रत्नपार्क शान्तिबाटिकामा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा उनीहरुले सहकारी मन्त्री अधिकारीको पोस्टरमा चप्पलले, लात्तीले हानेका थिए भने मन्त्रीको पुत्लासमेत जलाएका थिए । 

मन्त्रीको पुत्ला जलाउँदै सहकारी पीडितले सहकारी ठगी गर्नेहरुको सम्पत्ति जफत गर्न, सहकारी ऐन संशोधन गर्न, सहकारी विभाग र सहकारी समस्याग्रस्त व्यवस्थापन विभागको काम चुस्त र प्रभावकारी बनाउन माग गरेका छन् । 

त्यस्तै, उनीहरुले सहकारी ठगेर फरार हुनेको खोजी गरी तत्काल पक्राउ गरेर कारबाही गर्न र सहकारी पीडितहरुको पैसा फिर्ता गराउनसमेत सरकारसँग माग गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register