सौर्य जहाज दुर्घटना : तौलको सन्तुलन नमिल्दा विमान खसेको समितिको निष्कर्ष

काठमाडौं । तौलको सन्तुलन नमिलेको कारण सौर्य एअरलाइन्सको विमान दुर्घटना भएको छानबिन समितिले प्रारम्भिक निष्कर्ष निकालेको छ । साउन ८ गते पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको ९ एन–एनएएमई कलसाइन नम्बरको सिआरजे–२०० जहाज टेकअफ गर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको थियो भने पाइलट बाँच्न सफल भएका थिए […]

Sep 6, 2024 - 09:43
 0
सौर्य जहाज दुर्घटना : तौलको सन्तुलन नमिल्दा विमान खसेको समितिको निष्कर्ष

काठमाडौं । तौलको सन्तुलन नमिलेको कारण सौर्य एअरलाइन्सको विमान दुर्घटना भएको छानबिन समितिले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

साउन ८ गते पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको ९ एन–एनएएमई कलसाइन नम्बरको सिआरजे–२०० जहाज टेकअफ गर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको थियो भने पाइलट बाँच्न सफल भएका थिए ।

दुर्घटनाको छानबिन गर्न बनेको समितिले तौलको सन्तुलन नमिल्दा उड्नेबित्तिकै विमान खसेको जनाएको छ । तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

सौर्य दुर्घटना: मर्मतको लागि उडेको जहाजले किन बोक्यो यात्रु ? कस्तो हो जहाज र के हो ‘सी-चेक’ ?

मर्मतका लागि राखिएका सामग्री जहाजमा नबाँधेर राखेको, सबैतिर तौलको सन्तुलन नमिलाएका कारण जहाजले टेकअफ गर्न साथ सामान सरेर सन्तुलन बिग्रिएको अध्ययनमा खुलेको छ ।

साथै, विमानको इन्जिनमा कुनै खराबी नदेखिएको प्रतिवेदनमा उल्लेख छ । ब्यागेजसहित १८,१३२ किलो तौलसहित जहाजले टेकअफ गरेको थियो । जसमा थप २ हजार किलो इन्धन थियो ।

मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।

सौर्य एयरलाइन्स दुर्घटना : छोरा र पत्नीसहित अस्ताए काबिल इन्जिनियर मनुराज

समितिले जहाजको तौल र सन्तुलन, टेकअफ गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र सेफ्टी म्यानेजमेन्ट प्रणालीका विषय अध्ययन गरेको थियो ।

दुर्घटनाको अध्ययनका लागि सरकारले रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । दुर्घटनाग्रस्त जहाजको कागजी प्रक्रिया तथा सामान्य प्राविधिक परीक्षण गरेर प्रारम्भिक प्रतिवेदन तयार पारेको समितिले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register