स्वास्थ्य मन्त्रालयका दुईवटा महत्वपूर्ण प्रस्ताव पास

काठमाडाैं । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गएका दुईवटा महत्वपूर्ण प्रस्ताव पास गरेको छ । बैठकले स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५३ को दफा २९ को प्रयोजनको लागि स्वास्थय तथा जनसंख्या मन्त्रालयको कानून अधिकृतलाई अनुसन्धान तथा तहकितकात गर्ने अधिकारी तोक्ने निर्णय गरेको छ । परिषद्को ऐनको दफा २९ मा ‘कसुर ठहरिने मुद्धाको अनुसन्धान […]

Sep 6, 2024 - 15:09
 0
स्वास्थ्य मन्त्रालयका दुईवटा महत्वपूर्ण प्रस्ताव पास

काठमाडाैं ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गएका दुईवटा महत्वपूर्ण प्रस्ताव पास गरेको छ ।

बैठकले स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५३ को दफा २९ को प्रयोजनको लागि स्वास्थय तथा जनसंख्या मन्त्रालयको कानून अधिकृतलाई अनुसन्धान तथा तहकितकात गर्ने अधिकारी तोक्ने निर्णय गरेको छ ।

परिषद्को ऐनको दफा २९ मा ‘कसुर ठहरिने मुद्धाको अनुसन्धान र तहकिकात गर्ने अधिकार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अधिकारीलाई हुनेछ’ भन्ने छ ।

मन्त्रीपरिषद्को यो निर्णयपछि अब तत्कालै राजपत्रमा सूचना प्रकाशित हुनेछ । यस्तै हिजोको बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्ताव सम्वन्धी अर्को पनि निर्णय गरेको छ ।

दोस्रो निर्णयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जनवादी गणतन्त्र चीन सरकारको काठमाडौँस्थित राजदुतावासबीच हुने ‘लेटर अफ रिप्लाई अन स्टाव्लिसिङ अ न्यु डिउटी सेक्सन फर चाइना मेडिकल टिम इन नेपाल’मा सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने समेत निर्णय भएको छ ।

चीन सरकारको सहयोगमा बनेका ठूला अस्पतालहरुमा चिनिया मेडिकल टिम समेत आएर काम गर्ने गरेको छ । अहिले चिनिया मेडिकल टिमको एउटा टोलीले भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा दिईरहेको छ ।

अब सो टोली चीनकै सहयोगमा बनेको मिनभवनस्थित निजामती कर्मचारी अस्पतालमा सिफ्ट हुने तयारीमा छ । यस सम्वन्धी सम्झौँता पत्रमा हस्ताक्षर गर्नका लागि सरकारले स्वास्थ्य सचिवलाई अधिकार दिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register