रोड्रीगोको गोलमा ब्राजिल विजयी

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिलले इक्वेडरलाई पराजित गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा खेलको एक मात्र गोल ३०औं मिनेटमा रोड्रीगोले गरेका थिए । यो दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिलको तेस्रो जित हो । ७ खेलमा ३ जित एक बराबरी र […]

Sep 7, 2024 - 07:25
 0
रोड्रीगोको गोलमा ब्राजिल विजयी

काठमाडौँ ।

दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिलले इक्वेडरलाई पराजित गरेको छ ।

शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा खेलको एक मात्र गोल ३०औं मिनेटमा रोड्रीगोले गरेका थिए ।

यो दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिलको तेस्रो जित हो । ७ खेलमा ३ जित एक बराबरी र ३ हार बेहोरेको ब्राजिलको १० अंक रहेको छ । ब्राजिल अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै इक्वेडरको भने ७ खेलमा ८ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।
  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register