फुङ्लिङमा बन्द र अवरोध निषेध

फुङ्लिङ, २२ भदौ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बन्द र अवरोध निषेध गरिएको छ । पाथीभरा माताको दर्शन गर्न चाहने तीर्थयात्रीको सुविधालाई ध्यानमा राख्दै फुङलिङ नगरपालिकाले यातायात र शैक्षिक संस्थामा कुनै अवरोध नहोस् भन्दै बन्द अवरोध गर्न निषेध गर्ने निर्णय गरेको हो । नगरपालिकाको ४५ औँ कार्यपालिकाको बैठकले आज पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको व्यवस्थापनलाई सहज बनाउन, [...] The post फुङ्लिङमा बन्द र अवरोध निषेध appeared first on Jhapa Online.

Sep 7, 2024 - 07:28
 0
फुङ्लिङमा बन्द र अवरोध निषेध

फुङ्लिङ, २२ भदौ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बन्द र अवरोध निषेध गरिएको छ । पाथीभरा माताको दर्शन गर्न चाहने तीर्थयात्रीको सुविधालाई ध्यानमा राख्दै फुङलिङ नगरपालिकाले यातायात र शैक्षिक संस्थामा कुनै अवरोध नहोस् भन्दै बन्द अवरोध गर्न निषेध गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको ४५ औँ कार्यपालिकाको बैठकले आज पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको व्यवस्थापनलाई सहज बनाउन, यातायात र शैक्षिक संस्थामा कुनै बन्द वा अवरोध गर्न नपाउने निर्णय लिएको हो । नगरपालिकाका अनुसार निर्णय २०८१ साल भदौ २१ गतेदेखि लागू हुनेछ ।

नगरप्रमुख अमिर मादेनले पाथीभरा माताको दर्शनका लागि आउने भक्तजन र पर्यटकको मनोकांक्षा पूरा गर्न ढुक्कसँग यात्रा गर्न आग्रह गरे । उनले नगरपालिकाले सुरक्षा निकायहरूसँग सहकार्य गरेर कुनै पनि दलवा समूहले बन्दको आह्वान नगर्न नपाउने व्यवस्था मिलाइएको जानकारी दिए ।

नेपालीको महान् चाडपर्व नजिकिँदै गर्दा फुङलिङ नगरपालिकाले यस निर्णयमार्फत जिल्लामा शान्ति, सुरक्षा, र धार्मिक पर्यटकको सहज यात्रा गर्न नगरपालिकाले आग्रह गरेको छ ।

The post फुङ्लिङमा बन्द र अवरोध निषेध appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register