कांग्रेस रामेछापमा विवाद चुलिँदै, सभापतिलाई सचिवले देखाए कालो झन्डा 

रामेछाप ।  नेपाली कांग्रेस रामेछापका विवाद चुलिँदै गएको छ। संस्थान पक्ष र संस्थापन इतर समूहबीचको विवाद बढ्दै गएको हो। नेपाली कांग्रेस रामेछापका सभापति तथा ऊर्जा,जलस्रोत तथा सिचाइ राज्य मन्त्री पूर्ण बहादुर तामाङ कान्छारामले एकलौटी रूपमा निर्णय गर्ने गरेको सचिव दीपक खड्काले आरोप लगाउँदै आएका छन्। आइतबार मात्रै विज्ञप्ति जारी गदै अधिवेशन मार्फत निर्वाचित भएका पदाधिकारीको […]

Sep 9, 2024 - 05:29
 0
कांग्रेस रामेछापमा विवाद चुलिँदै, सभापतिलाई सचिवले देखाए कालो झन्डा 

रामेछाप । 

नेपाली कांग्रेस रामेछापका विवाद चुलिँदै गएको छ। संस्थान पक्ष र संस्थापन इतर समूहबीचको विवाद बढ्दै गएको हो।

नेपाली कांग्रेस रामेछापका सभापति तथा ऊर्जा,जलस्रोत तथा सिचाइ राज्य मन्त्री पूर्ण बहादुर तामाङ कान्छारामले एकलौटी रूपमा निर्णय गर्ने गरेको सचिव दीपक खड्काले आरोप लगाउँदै आएका छन्।

आइतबार मात्रै विज्ञप्ति जारी गदै अधिवेशन मार्फत निर्वाचित भएका पदाधिकारीको क्षेत्र अधिकारी मिच्ने गरी काम गरेको सचिव खड्काले आरोप लगाएका थिए। सचिव खड्काले पार्टीमा छलफल नगरी १११ औँ बिपी स्मृतिको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको भन्दै अवरोध गर्ने चेतावनी दिएका थिए।

सभापति तामाङ सोमबार बिहान वि.पी.को सालिकमा माल्यार्पण गरी तामाकोशी अस्पताल र दिल श्री मेडिकल हलमा रहेका बिरामीलाई फलफूल वितरण गरी रामेछाप सामुदायिक अस्पतालमा आएका बेला सचिव दीपक खड्काले कालो झन्डा देखाएर विरोध हुन्। 

उनीहरूलाई सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेका थिए। सभापतिले तानासाही प्रवृत्ति देखाउँदै आएको सचिवले आरोप लगाएका छन्। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register