भारतबाट ल्याउँदै गरेको ब्राउनसुगरसहित शिवसताक्षीका युवा पक्राउ

झापा, २४ भदौ । झापाको झापा गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवालाई पक्राउ गरेको छ । आइतबार साँझ झापा–४ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका–१ धरमपुरका पाण्डे भन्ने २१ वर्षीय थरेन्द्र गुरुङ्गलाई पक्राउ गरेको हो । प्र १–०१–०१७ प १७९८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा [...] The post भारतबाट ल्याउँदै गरेको ब्राउनसुगरसहित शिवसताक्षीका युवा पक्राउ appeared first on Jhapa Online.

Sep 9, 2024 - 14:08
 0
भारतबाट ल्याउँदै गरेको ब्राउनसुगरसहित शिवसताक्षीका युवा पक्राउ

झापा, २४ भदौ । झापाको झापा गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवालाई पक्राउ गरेको छ ।

आइतबार साँझ झापा–४ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका–१ धरमपुरका पाण्डे भन्ने २१ वर्षीय थरेन्द्र गुरुङ्गलाई पक्राउ गरेको हो ।

प्र १–०१–०१७ प १७९८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर प्लाष्टिकसहित ३ ग्राम ६३ मिलीग्राम (प्लाष्टिक बाहेक २ ग्राम ५९ मिलीग्राम) फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post भारतबाट ल्याउँदै गरेको ब्राउनसुगरसहित शिवसताक्षीका युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register