मेचीनगरमा बरामद भएको हात्तीको अंग परीक्षणका लागि पठाइयो

झापा, २५ भदौ । झापाको मेचीनगर–९ मा बरामद गरिएको जंगली हात्तीको अंग परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइएको छ । हात्तीको अंग हो–होइन विषयको यकिन गर्न प्रयोगशाला पठाइएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो । गत बैशाख ४ गते दुवै दाह्रा काटिएको अवस्थामा मेचीनगर नगरपालिका–११ स्थित कालीका सामुदायिक वनभित्र हात्ती [...] The post मेचीनगरमा बरामद भएको हात्तीको अंग परीक्षणका लागि पठाइयो appeared first on Jhapa Online.

Sep 10, 2024 - 14:56
 0
मेचीनगरमा बरामद भएको हात्तीको अंग परीक्षणका लागि पठाइयो

झापा, २५ भदौ । झापाको मेचीनगर–९ मा बरामद गरिएको जंगली हात्तीको अंग परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।

हात्तीको अंग हो–होइन विषयको यकिन गर्न प्रयोगशाला पठाइएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो । गत बैशाख ४ गते दुवै दाह्रा काटिएको अवस्थामा मेचीनगर नगरपालिका–११ स्थित कालीका सामुदायिक वनभित्र हात्ती मृत फेला परेको थियो । बरामद भएको अंग सोही हात्तीको हो–होइन भन्ने पनि यकिन हुने उहाँले बताउनुभयो ।

सोमबार मेचीनगर–९ का खगेन्द्र चापागाई हात्तीको अंग सहित पक्राउ गरिएको थियो । डिभिजन वन कार्यालय झापा, सब डिभिजन वन कार्यालय धाइजन र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले कोठामा भण्डारण गरेर राखेको अवस्थामा आठ किलोग्राम भन्दा बढी हात्तीको शरीरको विभिन्न भागका अंगसहित पक्राउ गरेको थियो ।

वैदेशिक रोजगारीमा जाने क्रममा रहेका युवालाई छातीमा देखिने दाग हटाउने औषधि भन्दै ती अंगहरुको चुर्ण बनाएर बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चापागाईलाई आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको सूचना अधिकारी पुरीले बताउनुभयो ।

झापामा आव २०६७/०६८ देखि हालसम्म २१ वटा हात्तीको मृत्यु भएको छ । जसमा केही हात्तीको अंग चोरी भएको अवस्थामा फेला परेका थिए ।

The post मेचीनगरमा बरामद भएको हात्तीको अंग परीक्षणका लागि पठाइयो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register